प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद् बैठक निर्णय  « Khabarhub

प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद् बैठक निर्णय 


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशसभा चालू अधिवेशन बुधबार राती १२ बजेबाट अन्त्य गर्ने कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले चालू वर्षे अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको हो । 

बैठकले सर्वोच्च अदालतको २०८२ जेठ ७ गतेको परमादेश  बमोजिम जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिकाको प्रशासनिक केन्द्र गाउँपालिका– ४ लुहादहमा तोक्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलकराज ढकाललाई सामाजिक विकास मन्त्रालयमा सचिवका रूपमा खटाउने निर्णय गरेको छ । ढकाल यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए।

यसका साथै पत्रकारिता क्षेत्रको सशक्तीकरणका लागि पत्रकारिता पुरस्कार वितरण कार्यविधि २०८२ स्वीकृत गरिएको छ । स्वीकृत कार्यविधि अनुसार कार्यविधि अनुसार पत्रकारिता पेशामा दुई दशकदेखि क्रियाशील रही प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा विशेष योगदान पुर्‍याएका एक जनालाई कर्णाली प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गरिनेछ । 

जसको राशी ७५ हजार रहेको छ । पत्रकारितामा पेशमा सात वर्षदेखि क्रियाशील रहेका एक जनालाई ५० हजार राशीको कर्णाली वर्ष उत्कृष्ट पुरस्कार प्रदान गर्नेछ । त्यस्तै पत्रकारिता पेशामा पाँच वर्षदेखि क्रियाशील एक जनालाई कर्णाली सशक्त सञ्चारकर्मी पुरस्कार प्रदान गरिनेछ । 

जसको राशी ३५ हजार रहेको छ भने कर्णाली विकास पत्रकारिता र समावेशी पत्रकारिता पुरस्कार जनही २-२ जनालाई प्रदान गरिनेछ । ती पुरस्कारको राशी समान ३५ हजार रहेको छ ।

यस्तै सूचनाको हकसम्बन्धी कार्यान्वयनको प्रभावकारिता मूल्यांकन गर्न शासकीय सुधार महाशाखाका सचिवको संयोजकत्वमा कर्णाली प्रदेश सूचनाको हक अनुगमन समिति गठन गरिएको छ । उक्त समिति प्रदेशका विभिन्न कार्यालयमा सूचनाको हक लागू भए- नभएकोबारे अनुगमन गर्नेछ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  १ : ०७ बजे

टिमुरे बगेको २० मिनेटपछि काठमाडौंमा खबर, पहिलो २ घण्टामा सरकारले के-के गर्‍यो ?

काठमाडौं – रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ दिएर हिलो सुकेपछि सकिएला

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण

यतिबेला हामीलाई विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर

सम्बोधन सकेर निस्के प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभामा आफ्नो सम्बोधन सकाएर निस्किएका छन्

बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले रसुवामा आएको विपत्तिको घटना अहिलेसम्मकै ठुलो