रविको पक्षमा हस्ताक्षर गर्दागर्दै पक्राउ परे अदालबाट दोषी ठहर अर्थराज « Khabarhub

रविको पक्षमा हस्ताक्षर गर्दागर्दै पक्राउ परे अदालबाट दोषी ठहर अर्थराज


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

विराटनगर- सहकारी ठगी प्रकरणमा सर्वोच्च अदालतलेसमेत थुनामै राख्न आदेश दिइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियान अझै जारी छ ।

यो अभियानमा करिब ३० लाखले हस्ताक्षर गरेपछि अब रास्वपाले जनमत बटुल्ने अभियानका रुपमा यसलाई वडासम्मै लान लागेको छ।

रास्वपाको यही अभियानलाई साथ दिन पुगेका एकजना व्यक्ति विराटनगरबाट समातिएका छन् ।

बाल यौन दुरुपयोग मुद्दामा जिल्ला अदालत सुनसरीबाट दोषी ठहर भई फरार रहेका सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का ५९ वर्षीय अर्थराज कोइराला विराटनगरबाट पक्राउ परेका हुन् ।

रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री लामिछानेको पक्षमा हस्ताक्षर गर्न पुगेका कोइरालालाई विराटनगरको महेन्द्र चोकबाट पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता एवम् डीएसपी योगराज खतिवडाले बताए ।

उनी मंगलबार दिउँसो विराटनगर महानगरपालिका–३ स्थित पार्टी कार्यालयमा रास्वपाले लामिछानेको समर्थनमा हस्ताक्षर संकलन अभियान चलाइरहेका बेला पुगेका थिए ।

हस्ताक्षर अभियानपछि कोणसभाका लागि मोटरसाइकलमा रास्वपाका कार्यकर्ता महेन्द्र चोक पुगेका थिए। त्यहाँ पनि हस्ताक्षर संकलन चलिरहेका बेला कोइरालालाई प्रहरीले समातेको हो ।

कोइरालाविरुद्ध एकजना ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा लागेको थियो । त्यही आरोपमा उनीविरुद्ध यही वैशाखमा मुद्दा दर्ता भएको थियो । त्यसबेला प्रारम्भिक अनुसन्धानपछि धरौटीमा रिहा भएका उनलाई अन्तिम फैसलमा अदालतले दोषी ठहर गरेको थियो ।

प्रहरीले लामिछानेको पक्षमा हस्ताक्षर गर्न गएका अदालतबाट दोषी भएर फरार कोइरालालाई पहिचान गरी पक्राउ गरेको हो । उनलाई अहिले अदालतको आदेशअनुसार साजय भुक्तानका लागि सुनसरी पठाइएको छ ।

जिल्ला अदालत सुनसरीले कोइरालालाई गत असार ३२ गते बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर गर्दै २ वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो।

उनले अहिलेसम्म उक्त सजाय भुक्तान गरेका थिएनन्। अदालतले उनलाई पुनरावेदन गर्ने अधिकार दिए पनि आदेशपछि फरार थिए ।

अहिले कोइरालालाई हाल इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा राखिएको छ । अब उनलाई बुधबार अदालतमा पेश गरेर कारागार चलान गरिने छ ।

अमेरिकाबाट आएका थिए

कोइराला केही समयअघि मात्रै अमेरिकाको टेक्सासबाट नेपाल आएको खुलेको छ। उनी अमेरिकामा पनि रास्वपाबाटै ड्यासपोरा राजनीतिमा पनि संलग्न थिए।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  १ : १८ बजे

‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

काठमाडौं– आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको

कुवेतमा एकसाथ कयौँ अमेरिकी लडाकु विमान खसे

कुवेत- कुवेतमा एकसाथ कयौँ अमेरिकी लडाकु विमान खसेको समाचार आएको

अफगानिस्तानद्वारा पाकिस्तानका प्रमुख सैन्य अड्डाहरूमा आक्रमण

एजेन्सी– अफगानिस्तान र पाकिस्तान बिच बढ्दो सीमापार तनावको बीचमा, अफगानिस्तानको

मोदी बोलाएर युद्ध नहुने सन्देश दिइरहेको थियो इजरायल, वार्ताका नाममा इरानलाई ‘धोका’

नयाँदिल्ली- इजरायलले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोलाएर भारतलाई धोका दिएको चर्चा

रास्वपाको स्पष्टीकरण : हामीले प्रचारमा लगेको गाडीको मदिराको कार्टुन अर्कैको हो

सल्यान– राष्ट्रिय स्वतन्त्र पार्टी, बन्गाड कुपिण्डे नगर समितिले चुनाव प्रचारमा