रविको पक्षमा हस्ताक्षर गर्दागर्दै पक्राउ परे अदालबाट दोषी ठहर अर्थराज « Khabarhub

रविको पक्षमा हस्ताक्षर गर्दागर्दै पक्राउ परे अदालबाट दोषी ठहर अर्थराज


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

विराटनगर- सहकारी ठगी प्रकरणमा सर्वोच्च अदालतलेसमेत थुनामै राख्न आदेश दिइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियान अझै जारी छ ।

यो अभियानमा करिब ३० लाखले हस्ताक्षर गरेपछि अब रास्वपाले जनमत बटुल्ने अभियानका रुपमा यसलाई वडासम्मै लान लागेको छ।

रास्वपाको यही अभियानलाई साथ दिन पुगेका एकजना व्यक्ति विराटनगरबाट समातिएका छन् ।

बाल यौन दुरुपयोग मुद्दामा जिल्ला अदालत सुनसरीबाट दोषी ठहर भई फरार रहेका सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का ५९ वर्षीय अर्थराज कोइराला विराटनगरबाट पक्राउ परेका हुन् ।

रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री लामिछानेको पक्षमा हस्ताक्षर गर्न पुगेका कोइरालालाई विराटनगरको महेन्द्र चोकबाट पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता एवम् डीएसपी योगराज खतिवडाले बताए ।

उनी मंगलबार दिउँसो विराटनगर महानगरपालिका–३ स्थित पार्टी कार्यालयमा रास्वपाले लामिछानेको समर्थनमा हस्ताक्षर संकलन अभियान चलाइरहेका बेला पुगेका थिए ।

हस्ताक्षर अभियानपछि कोणसभाका लागि मोटरसाइकलमा रास्वपाका कार्यकर्ता महेन्द्र चोक पुगेका थिए। त्यहाँ पनि हस्ताक्षर संकलन चलिरहेका बेला कोइरालालाई प्रहरीले समातेको हो ।

कोइरालाविरुद्ध एकजना ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा लागेको थियो । त्यही आरोपमा उनीविरुद्ध यही वैशाखमा मुद्दा दर्ता भएको थियो । त्यसबेला प्रारम्भिक अनुसन्धानपछि धरौटीमा रिहा भएका उनलाई अन्तिम फैसलमा अदालतले दोषी ठहर गरेको थियो ।

प्रहरीले लामिछानेको पक्षमा हस्ताक्षर गर्न गएका अदालतबाट दोषी भएर फरार कोइरालालाई पहिचान गरी पक्राउ गरेको हो । उनलाई अहिले अदालतको आदेशअनुसार साजय भुक्तानका लागि सुनसरी पठाइएको छ ।

जिल्ला अदालत सुनसरीले कोइरालालाई गत असार ३२ गते बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर गर्दै २ वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो।

उनले अहिलेसम्म उक्त सजाय भुक्तान गरेका थिएनन्। अदालतले उनलाई पुनरावेदन गर्ने अधिकार दिए पनि आदेशपछि फरार थिए ।

अहिले कोइरालालाई हाल इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा राखिएको छ । अब उनलाई बुधबार अदालतमा पेश गरेर कारागार चलान गरिने छ ।

अमेरिकाबाट आएका थिए

कोइराला केही समयअघि मात्रै अमेरिकाको टेक्सासबाट नेपाल आएको खुलेको छ। उनी अमेरिकामा पनि रास्वपाबाटै ड्यासपोरा राजनीतिमा पनि संलग्न थिए।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  १ : १८ बजे

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट

उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु

एजेन्सी – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार अज्ञात आतंककारीहरूले

केन्द्रिकृत मानसिकताले परिणाम दिन सकिएन : मुख्यमन्त्री पाण्डे

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक र प्रशासनिक नेतृत्वको

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

महोत्तरी– स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन