झापामा रातभर रुखमा बाँधिएका वृद्धको ज्यान गयो, छोरासहित चारजना समातिए « Khabarhub

झापामा रातभर रुखमा बाँधिएका वृद्धको ज्यान गयो, छोरासहित चारजना समातिए


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

झापा- झापा गाउँपालिका–१, लसुनामा एकजना पुरुषको शव रुखमा बाँधिएको अवस्थामा भेटिएको छ।

बुधबार बिहान ६० वर्षीय जतन सोरेन आँपको रुखमा प्लास्टिकको डोरीले बाँधिएको अवस्थामा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मंगलबार राति अत्यधिक मदिरा पिएका सोरेन छिमेकी महादेव टुडूको घरअगाडि गएर कराउन थालेका थिए । त्यसपछि महादेवसहित स्थानीयले उनलाई नियन्त्रणमा लिई आँपको रुखमा बाँधेर छाडिदिएका थिए।

तर बुधबार बिहान करिब ४ बजे उनी मृत भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता एमव् डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार उक्त घटनामा चारजना पक्राउ परेका छन् ।

प्रहरीले मृतककै छोरा २७ वर्षीय अनतलाल सोरेन, छिमेकी ५० वर्षीय महादेव टुडू, २० वर्षीय लुखिराम टुडू र २१ वर्षीय लखिराम टुडूलाई समातेको छ ।

उक्त घटनामा संलग्न केही व्यक्ति अझै फरार रहेको खड्काले बताएका छन् । उनीहरूलाई पनि पक्राउका लागि खोजी भइरहेको उनले बताए ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  १ : ४६ बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक