कानूनमन्त्रीको जवाफ- समाजलाई नकारात्मक असर पार्ने विधेयक सदनमा पेस हुँदैन  « Khabarhub

कानूनमन्त्रीको जवाफ- समाजलाई नकारात्मक असर पार्ने विधेयक सदनमा पेस हुँदैन 


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सामाजिक मूल्य र मान्यतामा प्रतिकूल प्रभाव पार्ने गरी बहुविवाहलगायतको कुनै पनि विधेयक सदनमा पेस नहुने प्रतिवद्धता जनाएका छन् । 

प्रतिनिधिसभाको बैठकका क्रममा आकस्मिक र शून्य समयमा उठेका प्रश्नहरूको जवाफ दिन मंगलबार समामुख देवराज घिमिरेसँग समय मागेका कानूनमन्त्री चौरसियाले यस्तो प्रतिवद्धता जनाएका हुन् । 

‘समाजलाई नकारात्मक असर पार्ने तथा सामाजिक मूल्य र मान्यतामा प्रतिकूल प्रभाव पार्ने गरी बहुविवाहलगायतको कुनै पनि विधेयक यस सम्मानित सदनमा पेस नहुने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु,’ उनले भने । 

मन्त्री चौरसियाले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनुमानको आधारमा विभिन्न ब्याख्या गरिनाले आम मानिसको बुझाइमा अन्योलता र आक्रोश सिर्जना भएको गुनासो गरे । 

‘मुलुकी अपराध संहितालगायतका संहिता कार्यान्वयनको सन्दर्भमा देखिएको कतिपय कठिनाइहरूलाई समाधान गर्ने उदेश्यले प्रस्ताव गरिएका विषयहरूलाई लिएर केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनुमानको आधारमा विभिन्न ब्याख्या गरिनाले आम मानिसको बुझाईमा अन्यौलता र आक्रोश सिर्जना भएको छ,’ उनले भने । 

कानूनमन्त्री चौरसियाले सामाजिक व्यवस्था नै खलल् गर्ने गरी कानून निर्माण गर्ने विषयमा कोही पनि सहमत हुन नसक्ने प्रष्टिकरण दिए । ‘सामाजिक व्यवस्था नै खलल गर्ने गरी कानून निर्माण गर्ने विषयमा कोही पनि सहमत हुन सक्दैन,’ उनले भने । 

कानूनमन्त्री चौरसियाले मन्त्रिपरिषद्को विधेयक समितिमा विधेयकको मस्यौदा विचाराधीन रहेकै अवस्थामा केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा समाचार प्रकाशन भएको विषयमा सांसदहरूले चासो व्यक्त गरी उठाएका प्रश्नमा मन्त्रालयको ध्यानाकर्षण भएको उनले बताए ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  २ : २९ बजे

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा

श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी

कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल

वसन्त श्रवणको साइत बिहान १० बजेपछि : हनुमानढोकामा राष्ट्रपति उपस्थित हुँदै

काठमाडौं – माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अवसरमा हनुमानढोका

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई