कानूनमन्त्रीको जवाफ- समाजलाई नकारात्मक असर पार्ने विधेयक सदनमा पेस हुँदैन  « Khabarhub

कानूनमन्त्रीको जवाफ- समाजलाई नकारात्मक असर पार्ने विधेयक सदनमा पेस हुँदैन 


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सामाजिक मूल्य र मान्यतामा प्रतिकूल प्रभाव पार्ने गरी बहुविवाहलगायतको कुनै पनि विधेयक सदनमा पेस नहुने प्रतिवद्धता जनाएका छन् । 

प्रतिनिधिसभाको बैठकका क्रममा आकस्मिक र शून्य समयमा उठेका प्रश्नहरूको जवाफ दिन मंगलबार समामुख देवराज घिमिरेसँग समय मागेका कानूनमन्त्री चौरसियाले यस्तो प्रतिवद्धता जनाएका हुन् । 

‘समाजलाई नकारात्मक असर पार्ने तथा सामाजिक मूल्य र मान्यतामा प्रतिकूल प्रभाव पार्ने गरी बहुविवाहलगायतको कुनै पनि विधेयक यस सम्मानित सदनमा पेस नहुने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु,’ उनले भने । 

मन्त्री चौरसियाले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनुमानको आधारमा विभिन्न ब्याख्या गरिनाले आम मानिसको बुझाइमा अन्योलता र आक्रोश सिर्जना भएको गुनासो गरे । 

‘मुलुकी अपराध संहितालगायतका संहिता कार्यान्वयनको सन्दर्भमा देखिएको कतिपय कठिनाइहरूलाई समाधान गर्ने उदेश्यले प्रस्ताव गरिएका विषयहरूलाई लिएर केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनुमानको आधारमा विभिन्न ब्याख्या गरिनाले आम मानिसको बुझाईमा अन्यौलता र आक्रोश सिर्जना भएको छ,’ उनले भने । 

कानूनमन्त्री चौरसियाले सामाजिक व्यवस्था नै खलल् गर्ने गरी कानून निर्माण गर्ने विषयमा कोही पनि सहमत हुन नसक्ने प्रष्टिकरण दिए । ‘सामाजिक व्यवस्था नै खलल गर्ने गरी कानून निर्माण गर्ने विषयमा कोही पनि सहमत हुन सक्दैन,’ उनले भने । 

कानूनमन्त्री चौरसियाले मन्त्रिपरिषद्को विधेयक समितिमा विधेयकको मस्यौदा विचाराधीन रहेकै अवस्थामा केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा समाचार प्रकाशन भएको विषयमा सांसदहरूले चासो व्यक्त गरी उठाएका प्रश्नमा मन्त्रालयको ध्यानाकर्षण भएको उनले बताए ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  २ : २९ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने