खाद्यान्नमा कोशी आत्मनिर्भर, ११ लाख ८२ हजार मेट्रिक टन वर्षे धान उत्पादन « Khabarhub

खाद्यान्नमा कोशी आत्मनिर्भर, ११ लाख ८२ हजार मेट्रिक टन वर्षे धान उत्पादन


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशमा गएको आर्थिक वर्षमा दुई लाख ७५ हजार २६७ हेक्टर जग्गामा कूल ११ लाख ८२ हजार २२१ मेट्रिक टन वर्षे धानबाली उत्पादन भएको छ । कृषि विकास निर्देशनालय विराटनगरका अनुसार प्रदेशमा कूल सात लाख १३ हजार ३३३ हेक्टर जग्गा खेतीयोग्य छ ।

सिँचाइको अभाव र आकाशे पानीको निर्भरताले सबै जग्गामा बाली लगाउन किसान सकिरहेका छैनन् । चार दशमलव २९ मेट्रिक टन उत्पादकत्व रहेको धानबाली अघिल्लो वर्षको तुलनामा एक दशमलव ९७ प्रतिशत बढी क्षेत्रमा धान बढी लगाइएको थियो भने उत्पादन पनि तीन दशमलव १९ प्रतिशत बढी भएको हो ।

निर्देशनालयका अनुसार सो अवधिमा ४३ हजार ८६८ हेक्टर जग्गामा चैते धान दुई लाख ३८ हजार ३०८ मेट्रिक टन, मकै दुई लाख ७७ हजार १६६ हेक्टर जग्गामा ११ लाख ६६ हजार १४८ मेट्रिक टन, कोदो ५७ हजार २७४ हेक्टर जग्गामा ८५ हजार ९७२ मेट्रिक टन, गहुँ ५१ हजार ६३५ हेक्टर जग्गामा एक लाख ३७ हजार ७३० मेट्रिक टन, फापर दुई हजार ८९६ हेक्टर जग्गामा चार हजार ७७५ मेट्रिक टन र जौ ९८६ हेक्टर जग्गामा एक हजार २८५ मेट्रिक टन उत्पादन भएको हो ।

सो अवधिमा सुन्तला आठ हजार १०७ हेक्टर जग्गामा ६४ हजार ८२४ मेट्रिक टन र हिउँदे फलफूल दुई हजार ८७३ हेक्टर जग्गामा २१ हजार ४४ मेट्रिक टन उत्पादन भएको थियो । सुन्तलाको उत्पादकत्व आठ मेट्रिक टन र हिउँदे फलफूलको उत्पादकत्व सात दशमलव ३२ मेट्रिक टन रहेको निर्देशनालयको भनाइ छ ।

प्रदेशमा आव २०८१-८२ मा दलहन बाली ३५ हजार १३२ हेक्टर जग्गामा ४० हजार ९३७ मेट्रिक टन र तेलहन बाली ४१ हजार ६८१ हेक्टर जग्गामा ५१ हजार ५१५ मेट्रिक टन उत्पादन भएको निर्देशनालयका निर्देशक प्रकाशकुमार डाँगीले जानकारी दिए ।

उनका अनुसार आलु ६६ हजार ३९९ हेक्टर जग्गामा १० लाख ८७ हजार ४११ मेट्रिक टन, अलैँची १४ हजार १९१ हेक्टर जग्गामा सात हजार १५० मेट्रिक टन, उखु पाँच हजार ९३२ हेक्टर जग्गामा तीन लाख ४२ हजार २८५ मेट्रिक टन, च्याउ छ हजार १२१ मेट्रिक टन उत्पादन भएको हो । 

उहाँले आलु र उखुको उत्पादन बढे पनि अलैँचीको उत्पादन पाँच दशमलव सात प्रतिशतले कमी भएको जानकारी दिँदै सरदर प्रदेशमा एक व्यक्ति १९१ केजी खाद्यान्न आवश्यकतालाई पूरा गरेर सो अवधिमा छ लाख ९७ हजार ३५५ मेट्रिक टन बचत भई खाद्यान्नमा आत्मनिर्भर भएको जानकारी दिए ।
 

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  २ : ४५ बजे

प्रधानमन्त्री वालेनको आवाजै नसुनि अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली