रास्वपाविरुद्ध कांग्रेस महामन्त्री शर्माको कटाक्ष – आफूभित्रका कमजोरीविरुद्ध पनि बोल्नुस् « Khabarhub

रास्वपाविरुद्ध कांग्रेस महामन्त्री शर्माको कटाक्ष – आफूभित्रका कमजोरीविरुद्ध पनि बोल्नुस्


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पुराना दलभन्दा बढी नयाँ संस्कार देखाउन सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले रास्वपालाई पुराना दलहरूभन्दा बढी संस्कार प्रस्तुत गर्ने प्रयास गर्न सुझाव दिएका हुन् ।

महामन्त्री शर्माले रास्वपाका नेताहरूलाई आफूभित्र रहेका गल्ती, कमजोरीविरुद्ध बोल्न पनि सुझाए ।

‘यतिमात्रै आग्रह गर्न चाहन्छु– नयाँ दलले हामीभन्दा बढी नयाँ संस्कार प्रस्तुत गर्ने प्रयास गरोस्,’ महामन्त्री शर्माले भने, ‘बोल्नुस् । आफैँ भित्रका त्रुटि, कमजोरी, गल्तीहरूका विरुद्ध पनि बोल्नुस् ।’

उनले संसद्मा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेको नाम नलिएरै कटाक्ष गरे । ०७९ सालको प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसको घोषणा पत्र लेख्ने टिममा रहेका वाग्ले उपनिर्वाचनमा अर्कै दलको घोषणा पत्र च्यापेर संसद्मा आएको टिप्पणी गरे ।

शर्माले के भने ?

म सम्झिन्छु एउटा देशको घटना । आमनिर्वाचनको बेलामा एउटा दलको घोषणापत्र लेख्ने ५१ जनाको समितिमा ४३ नम्बरमा रहेका एक व्यक्ति त्यही वर्षको अवधिमा अर्कै दलको घोषणा पत्र च्यापेर संसद्मा प्रवेश गर्छन् ।

प्रवेश गरेका छन् । प्रवेश गरेका रहेछन् । क्षमा चाहन्छु, मैले त्यो देशको नाम पनि बिर्सेँ । त्यो दलको नाम पनि बिर्सेँ । ती उछलकुदवाला मित्रको नाम पनि बिर्सेँ ।

तर, यतै कतै नेपालभित्रै कसैको जीवनमा मेल खान गएमा म क्षमा चाहिँ माग्न चाहन्नँ सभामुख महोदय । मैले आज उठाएको यो प्रसंग सुनेर भरे साँझको जलपान केही अड्कियो भने, रातिको निद्रामा नैतिकताको प्रश्नले झस्कायो भने । भोलि बिहानै कुनै मिडिया या छिमेकीले जिस्काए भने त्यसको पनि जिम्मा म लिन सक्दिनँ सभामुख महोदय ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  २ : ५७ बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ