गोकुल बास्कोटाले भने- सरकारकै कमजोरीले देशमा नवउदारवादी र प्रतिक्रियावादीले खेल्न खोजे « Khabarhub

गोकुल बास्कोटाले भने- सरकारकै कमजोरीले देशमा नवउदारवादी र प्रतिक्रियावादीले खेल्न खोजे

परिवर्तनको अवमूल्यन गर्दै समाज भड्काउने प्रयास भइरहेको जिकिर


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सांसद गोकुल बास्कोटाले पछिल्लो समय शासकहरूकै कमजोरीले देशमा प्रतिक्रियावादीहरूले खेल्न खोजेको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद बास्कोटाले पछिल्लो समय समाजमा क्रान्ति, परिवर्तन र प्रगतिका सूचकहरूप्रति जनताको विश्वास कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

‘आजकाल एक यस्तो प्रवृत्ति देखिँदैछ, जसमा इतिहासले प्रमाणित गरेका क्रान्तिकारी मूल्यहरूलाई कमजोर पार्ने, त्यसलाई मुर्झाउने, र त्यसको ठाउँमा घृणा, लोकप्रियता, झुटको प्रचार र सतही नारावाद फस्टाउने प्रयास हुँदैछ’, उनले भने, ‘यस्तो प्रवृत्तिले जनताको सपना चोरी गर्ने, समाजलाई भ्रममा पार्ने, र पुरानो सामन्तवादी सोचलाई नयाँ रूपमै पुनर्स्थापित गर्ने कोशिश भइरहेको छ। म यस्तो खतरनाक प्रवृत्तिप्रति गम्भीर सचेतना आवश्यक देख्छु।’

बास्कोटाले हालका केही महिनामा शासन प्रणालीका कमजोरी, सरकारका कार्यशैलीमा देखिएका समस्या र ढिलासुस्तीहरूलाई आधार बनाई एक नयाँ भाष्य निर्माण गर्ने प्रयास भएको आरोप लगाए। उक्त भाष्यले जनआन्दोलन, जनक्रान्ति र त्यसबाट प्राप्त उपलब्धिहरूको अवमूल्यन गर्न खोजेको उनले बताए ।

‘०६२–०६३ को ऐतिहासिक जनआन्दोलन र त्यसले स्थापना गरेका मूल्य–पद्धतिहरूको अर्थ नभएको जस्तो गरी प्रचार हुँदैछ’, उनले भने, ‘केही स्वघोषित तत्वज्ञानीहरूले आफ्ना आकांक्षालाई समाजमा थोपर्ने प्रयास गर्दैछन्। समाजलाई उनीहरूको सोचअनुसार नचाउने सपना देख्दैछन्। तर यस्तो सोच आफैँमा भ्रममात्र हो।’

नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित सरकारको नेतृत्वप्रति घुमाउरो भाषामा कटाक्ष गरेका बास्कोटाले यस्तो प्रवृत्तिप्रति सांसदहरू र जनताले सचेत रहनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ३ : २९ बजे

चिकित्सकहरूको आन्दोलन जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको