देव गुरुङले भने- विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीबीच छिट्टै एकता हुन्छ « Khabarhub

देव गुरुङले भने- विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीबीच छिट्टै एकता हुन्छ


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीबीच छिट्टै एकता हुने दाबी गरेका छन् । 

बुधबार संवाद डबलीले काठमाडौंमा आयोजना गरेको अन्तर्संवाद कार्यक्रममा बोल्दै गुरुङले तत्काल वार्ता टोली गठन गरी एकताका आधार तयार गर्ने जानकारी दिए  । 

गुरुङले देशमा बढ्दै गएको व्यवस्थामाथिको खतरा र समाजवादी क्रान्तिका लागि विचार मिल्ने शक्तिहरुबीचको एकता अत्यावश्यक भएको बताए । 

नेकपासँगको एकता विचार राजनीतिक प्रतिबद्धतामा त्यति धेरै भिन्नता नदेखिएकोले पनि छिटो एकता गर्न सहज हुने उनको भनाइ छ । उनले स्थायी कमिटी बैठकमा पार्टीमा विभिन्न विषयमा घनिभूत छलफल भएको र पार्टी थप एकताबद्ध भएको जिकिर गरे  । 

अहिले देशमा बढ्दै गएको राजनीतिक संकटले पार्टी मजबुत बनाउनुपर्ने बेला कोही कसैका विचारलाई निषेध गर्न नहुने उनले बताए । 

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ३ : ३७ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने