संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान रूपन्देहीमा सम्पन्न « Khabarhub

संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान रूपन्देहीमा सम्पन्न


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– तराई–मधेशकेन्द्रित दलहरूको संयुक्त मोर्चा संघीय लोकतान्त्रिक मोर्चाले रूपन्देहीको सियारीमा जनजागरण अभियान सम्पन्न गरेको छ । मोर्चाको घटक नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मोर्चाका शीर्ष नेताहरुले मन्तव्य राखेका छन् ।

मोर्चाका नेता राजेन्द्र महतो, हृदयेश त्रिपाठी, रेशमलाल चौधरी, वृषेशचन्द्र लाल, रामकुमार शर्मा, सन्तोष पाण्डेय, केशव झा, डा। शिवजी यादव, ओमप्रकाश यादवलगायतले मन्तव्य राखेका छन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले वर्तमान सत्ता गठबन्धन अप्राकृतिक रहेको र देशलाई लुट्न र पाप लुकाउनलाई बनाएको बताए । उनले रुपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचन केवल चुनाव नभएर ०८४ को चुनावमा तराई–मधेशवादी दलहरू सकिने कि बाँच्ने भन्ने कुराको परीक्षण भएको जिकिर गरे । 

अधिकार र पहिचानको लागि उत्पीडित र विभेदमा परेका जनता देशमा सधैँ गुलाम रहने कि मालिक बन्ने भन्ने विषयको परीक्षा उपनिर्वाचनले गर्ने महतोको भनाइ थियो । 

कार्यक्रममा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले देश आफूहरूको भए पनि राज्यसत्ता आफ्नो हुन नसकेको बताए । चुरेको वन विनाश हुने गरी सरकारले कानुन बनाए विद्रोह हुने उनले चेतावनी दिए । ‘चुरेको विनाश भनेको सभ्यताको विनाश हो,’ त्रिपाठीले भने।

कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले मधेसीहरूले थारूलाई विश्वास गरेर गुन लगाएको बताए । उनले आगामी उपनिर्वाचनलाई खेलाँची नभए पनि बताए । रुपन्देही–३ मा जसरी पनि जित्नै पर्नेमा चौधरीको जोड थियो ।

कार्यक्रममा तमलोपाका अध्यक्ष वृषेश चन्द्र लालले यथाशीघ्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने बताए । जसपा नेपालका महासचिव रामकुमार शर्माले मधेश जनविद्रोहको कारण भुल्न नहुने बताए ।

 ‘हामी सबै उत्पीडित नमिली हाम्रो मुक्ति सम्भव छैन,’ उनले भने । 

लोसपाका नेता तथा प्रदेशमन्त्री सन्तोष पाण्डेले मोर्चाको साझा उम्मेदवारलाई जिताएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । मोर्चाले देशभर आठ स्थानमा जनजागरण अभियान घोषणा गरेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ३ : ४३ बजे

तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म

अनामनगर क्षेत्रमा घरघरमा टाँसियो जग्गाधनी पुर्जा (तस्बिरहरू) 

काठमाडौं– अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत धोबी खोला करिडोर आसपासका

अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध

एजेन्सी– डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले क्युबा सरकारमाथि थप कडा आर्थिक

बालाजु र माछापोखरीका अतिक्रमित संरचनामा डोजर

काठमाडौं– नदी किनार र अतिक्रमित सार्वजनिक जग्गामा बनेका संरचना हटाउने

सुकुम्वासी बस्ती हटाउँदा पर्याप्त सूचना र समय दिनुपर्थ्यो : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्वासी बस्ती हटाउने क्रममा