हस्ताक्षर अभियानबारे प्रश्न उठाउँदै विश्वप्रकाशले भने : अदालतले रवि निर्दोष छैनन् भनेर जेल पठाएको हो « Khabarhub

हस्ताक्षर अभियानबारे प्रश्न उठाउँदै विश्वप्रकाशले भने : अदालतले रवि निर्दोष छैनन् भनेर जेल पठाएको हो


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रास्वपाका सांसदहरुले संसदीय मर्यादा कायम गर्न नसकेको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा शर्माले संसदीय व्यवस्थामा आफ्ना कुरा राख्ने र समाधान खोज्न सकिने भए पनि अहिले त्यस्तो नदेखिएको बताए । उनले लामो समयदेखि सदनमा आफ्नो कुरा राख्ने र बाहिरिने कामले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले संसदीय मर्यादा कायम गर्न नसकेको देखिएको बताए ।

शर्माले कुनै पनि विषयलाई आवेगमा आएर हेर्न नहुने भन्दै अराजक शैलीबाट मुक्त हुन रास्वपा सांसदहरूलाई सुझाव दिए ।

शर्माले सहकारी ठगी आरोपमा भैरहवा जेलमा रहेका रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा भन्दै गरिएको हस्ताक्षर अभियानप्रति पनि प्रश्न उठाएका छन् ।

उनले कुनै पनि अदालतले लामिछानेलाई कसुर नगरेको भन्न सकिने अवस्था नरहेको भनेको उल्लेख गर्दै धरौटीमा छुट्दा न्याय मिल्यो भन्नेले थुनामा पठाउँदा प्रतिशोध भयो भन्न नमिल्ने जिकिर गरे ।

‘रवि लामिछानेले टेलिभिजनमा कार्यक्रम चलाउँदा अदालतको आदेश नमान्नेमाथि कडा प्रहार गर्थे’, उनले विगत स्मरण गराउँदै भने, ‘अहिले अदालतको आदेशविरुद्ध हस्ताक्षरमार्फत् कसलाई दबाब दिन खोजेको ?’

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ४ : ५७ बजे

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा

श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी

कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल

वसन्त श्रवणको साइत बिहान १० बजेपछि : हनुमानढोकामा राष्ट्रपति उपस्थित हुँदै

काठमाडौं – माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अवसरमा हनुमानढोका

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई