हस्ताक्षर अभियानबारे प्रश्न उठाउँदै विश्वप्रकाशले भने : अदालतले रवि निर्दोष छैनन् भनेर जेल पठाएको हो « Khabarhub

हस्ताक्षर अभियानबारे प्रश्न उठाउँदै विश्वप्रकाशले भने : अदालतले रवि निर्दोष छैनन् भनेर जेल पठाएको हो


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रास्वपाका सांसदहरुले संसदीय मर्यादा कायम गर्न नसकेको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा शर्माले संसदीय व्यवस्थामा आफ्ना कुरा राख्ने र समाधान खोज्न सकिने भए पनि अहिले त्यस्तो नदेखिएको बताए । उनले लामो समयदेखि सदनमा आफ्नो कुरा राख्ने र बाहिरिने कामले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले संसदीय मर्यादा कायम गर्न नसकेको देखिएको बताए ।

शर्माले कुनै पनि विषयलाई आवेगमा आएर हेर्न नहुने भन्दै अराजक शैलीबाट मुक्त हुन रास्वपा सांसदहरूलाई सुझाव दिए ।

शर्माले सहकारी ठगी आरोपमा भैरहवा जेलमा रहेका रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा भन्दै गरिएको हस्ताक्षर अभियानप्रति पनि प्रश्न उठाएका छन् ।

उनले कुनै पनि अदालतले लामिछानेलाई कसुर नगरेको भन्न सकिने अवस्था नरहेको भनेको उल्लेख गर्दै धरौटीमा छुट्दा न्याय मिल्यो भन्नेले थुनामा पठाउँदा प्रतिशोध भयो भन्न नमिल्ने जिकिर गरे ।

‘रवि लामिछानेले टेलिभिजनमा कार्यक्रम चलाउँदा अदालतको आदेश नमान्नेमाथि कडा प्रहार गर्थे’, उनले विगत स्मरण गराउँदै भने, ‘अहिले अदालतको आदेशविरुद्ध हस्ताक्षरमार्फत् कसलाई दबाब दिन खोजेको ?’

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ४ : ५७ बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ