प्रभु साहले भने- संसदभित्र सत्तापक्ष र प्रतिपक्षकै आधारमा विभेद भइरहेको छ | Khabarhub Khabarhub

प्रभु साहले भने- संसदभित्र सत्तापक्ष र प्रतिपक्षकै आधारमा विभेद भइरहेको छ


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले संसदभित्रको निषेध, विभेद र सिण्डीकेटले सिंगो लोकतन्त्रमाथि नै प्रश्न उठिरहेको बताएका छन् । उनले संसदभित्रको नकारात्मक क्रियाकलापले संसद्को गरिमा खस्किँदै गइरहेको टिप्पणी गरे । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै अध्यक्ष साहले तटस्थ र सम्मानित सभामुख समेत ‘हल्का’ र ‘विवादित’ भइरहेको बताउँदै संसद् संसद् जस्तो नभएको अनुभूति सुनाए । 

‘आजकाल संसद् संसद् जस्तो छैन । संसद्भित्रको नकारात्मक क्रियाकलापले संसद्को गरिमा खस्किँदै गइरहेको हामीले देखिरहेका छौँ । तटस्थ र सम्मानित सभामुख समेत हल्का र विवादित भइरहेको हामीले हेरिरहेका छौँ,’ उनले भने, ‘संसदभित्रको निषेध, विभेद र सिण्डीकेटले सिंगै लोकतन्त्रमाथि प्रश्न उठिरहेको छ । राज्य र सरकारलाई नियमन गर्ने राज्यको सर्वोच्च निकाय संसद्मा निषेध कतिको उचित छ भन्ने प्रश्न गर्न चाहन्छु ।’ 

सानो दलहरूमाथि संसद्मा निषेध भइरहेको उनको आरोप पनि उनको छ । यदि निषेध गरिएको होइन भने राज्य व्यवस्था समितिमा एक सिट भएको दललाई किन निषेध गरिएको भन्दै प्रश्न उठाएका छन् । अहिले एक सिट भएका तीन वटा दलहरूलाई राज्य व्यवस्था समितिमा किन निषेध गरिएको भन्दै जवाफ माग गरेका छन् । 

‘संवैधानिक समितिहरू, सार्वजनिक सुनुवाइ समिति लगायतका कयौँ संवैधानिक समितिहरूमा एक सिटवाला सांसद भनेर निषेध गरिएको छ, के त्यसलाई नै लोकतन्त्र भन्छ ? त्यो निषेध होइन भने के समानता हो ? के त्यो प्रतिस्पर्धा हो भनेर प्रश्न उठ्छ । हैन प्रतिस्पर्धा हो निषेध होइन भने त्यसले के सन्देश दिन खोजेको हो भन्ने प्रश्न उठ्छ,’ आजपा अध्यक्ष साहले भने । 

संसदभित्र सत्तापक्ष र प्रतिपक्षकै आधारमा विभेद भइरहेको उनले बताए । साहले प्रश्न गर्दै भने, ‘के एक सिट हुँदैमा पछाडि बस्नुपर्ने ? सत्तापक्षमा भएपछि के अगाडी बस्नुपर्ने ? सिट प्लानिङको कुनै मापदण्ड हुनुपर्छ कि पर्दैन ? हामी हेरिरहेका छौँ, सिट १७ वटा छ । त अगाडीबाट १७ जोडेर अर्को १७ गरी एउटा न्यायिक ढङ्गले गर्नुपर्छ कि पर्दैन ? तर आज ठुलोले सानोलाई हेप्ने, विभेद गर्ने, निषेध गर्ने जो खेल भइरहेको छ, संसदभित्रको यो खेलले देशको जनतालाई कसरी आश्वस्त गर्ने ? यो सरकार र यहाँका नेतृत्व लोकतन्त्रप्रति प्रतिबद्ध छ, प्रतिस्पर्धामा विश्वास गर्छ । सानोको पनि सम्मान गर्छ भन्ने भाव त कतै देखिएन सभामुखज्यू ।’

ठुलो दल उभियो भने संसद् अवरुद्ध हुने तर दुई दलले ७० दिनदेखी संसद् बहिष्कार गर्दासमेत अवरुद्ध नहुने बताउँदै संसद् बहिष्कार गर्ने दलहरूसँग सरकारले वार्ता, छलफल पनि गर्न नचाहनु संसदभित्र ठुला दलको दम्भ भएको बताए ।

साहले २०६३ सालदेखि निरन्तर सांसद रहेको, कार्य व्यवस्था समितिका साथै संसदीय व्यवस्था मन्त्रिदेखी संसदीय सभापतिको समेत जिम्मेवारी निर्वाह गरिसकेको बताउँदै यस्तो विभेद आफूले कहिल्यै पनि नदेखेको उनले बताए । ६०१ सदस्यीय संविधानसभा र ३० वटा दल हुँदा समेत यस्तो विभेद नभएको स्मरण उनले गरे । 

‘आज अनैतिक ढङ्गले, अप्राकृतिक ढङ्गले, अप्रजातान्त्रिक ढङ्गले जो गठबन्धन र जसरी सहकार्य अगाडी बढाइएको छ । सानालाई निषेध गर्ने, लोकतन्त्रलाई निल्ने, जहाँ पनि सिण्डीकेट खडा गर्ने जो काम भइरहेको छ, त्यो धेरै लामो जादैन । यसले संसद्को गरिमालाई घटाइरहेको छ । संसद्को सम्मानलाई घटाइरहेको छ । लोकतन्त्रमाथि नै प्रश्न उठाइरहेको छ । यसमा गम्भीर ध्यान जाओस् भन्ने म आग्रह गर्न चाहन्छु,’ आजपा अध्यक्ष साहले भने ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ६ : ०२ बजे

मदनले ०४८ को चुनाव प्रचारका लागि प्रयोग गरेकै घरमा विद्याले खोलिन् सम्पर्क कार्यालय

काठमाडौं– नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीले २०४८ सालको चुनाव

एमाले शीर्ष नेताद्वारा महाधिवेशनस्थल अवलोकन

काठमाडौं – नेकपा (एमाले)का शीर्ष नेताहरूले दोस्रो विधान महाधिवेशनस्थल ललितपुर,

आयोगको राजनीतिक दल स्वःमूल्याङ्कन कार्यविधिमा एमाले पनि असहमत

काठमाडौं- निर्वाचन आयोगले ल्याएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ मा सत्तारूढ

कस्तो छ सरकारको ‘तोडिएका ठेक्का पूरा गर्ने र अत्यावश्यक खरिद गर्ने’ पूर्वाधार कम्पनी ?

काठमाडौँ – सरकारले केही नेपाल ऐन, संशोधन गरेर नेपाल पूर्वाधार

खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय गाभिएपछि म्याग्दीमा समस्या

म्याग्दी– संघीय सरकारको वार्षिक बजेट र कार्यक्रममा समावेश हुन थालेको