बीउ अपुगले धान रोपाइँ प्रभावित, महोत्तरीमा रोपाइँ ४९ प्रतिशत « Khabarhub

बीउ अपुगले धान रोपाइँ प्रभावित, महोत्तरीमा रोपाइँ ४९ प्रतिशत


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– लामो खडेरीले यसवर्ष महोत्तरीको धान रोपाइँ प्रभावित भएको छ । सिङ्गो मधेस नै खडेरीको चपेटामा परेका बेला अन्यत्रजस्तै महोत्तरी जिल्लाको रोपाइँ पनि प्रभावित भएको हो । 

स्थानीय किसानका अनुसार लामो खडेरीपछि साउन तेस्रो सातादेखि  मनसुनी वर्षा अनुकूल हुँदै गइरहेको अवस्थामा धमाधम रोपाइँ भइरहेकामा पछिल्लो समय बीउको अभाव देखिएको छ ।  

साउन तेस्रो साताको अन्त्यमा महोत्तरीको रोपाइँ करिब ४९ प्रतिशत मात्र पुगेको प्रदेशस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । सुरुमा पानीको अभाव खेपेका किसान अब बीउको अभावले रोपाइँ प्रभावित भएको बताउँछन् । 

‘सबै खेतमा हिल्याउनेगरी पानी अझै पुगेको छैन, हामी कतिपय ठाउँमा सडक, कुलो सोहोरेर खेत हिल्याउँदै छौँ’, भङ्गाहा–४ रामनगरका किसान काशी विन मुखियाले भने, ‘अहिलेलाई दुःखसुख पानी जम्मा गरे पनि बीउले धोका दिएको छ ।’ 

यसपालि खडेरीले ब्याडमै बीउ सुकाएर हुर्कन नसक्दा अहिले बीउको अभाव भएको मुखियाको भनाइ छ । आफूले हिल्याइसकेको खेतमा बीउ नपुगेर रोपाइँ थाँति रहेको मुखियाले बताए। मुखिया अहिले बस्तीबस्ती चहार्दै बीउ खोज्दै छन्।

मुखियाजस्तै  सोही बस्तीका अर्का किसान इद्रिस कवारी पनि अब बीउको अभावले रोपाइँ नबढ्ने छाँट देखिएको बताउँछन्। 

‘खडेरीले पहिले दुखजिलो रोपिएको धान पनि राम्ररी गाँजिन सकेन, त्यसैले खरुअन (पहिलो बीउ रोपो गााजिएपछि त्यो उखलेर रोपिने कार्य) पनि हुर्केन”, कवारी भन्छन्, ‘अब पानी त जेनतेन भयो, बीउले सकस पार्दैछ ।’ महोत्तरीको कूल ७१ हजार हेक्टर जग्गामध्ये करिब ४५ हजार हेक्टरमा  धानखेती हुँदै आएको छ । ‘पुरानो अभिलेख हेर्दा अनुकूल वर्षा भएको समयमा ४५ हजार हेक्टरभन्दा बढीमा धानखेती भएको देखिन्छ’, वरिष्ठ कृषि विकास अधिकृत देवानन्द यादवले भने, ‘हामीले यसलाई ४५ हजार हेक्टर मान्ने गरेका छौँ ।’

यस वर्ष अहिलेसम्म ४९ प्रतिशत जमिनमा मात्र रोपाइँ भएको छ । यो २२ हजार हेक्टरभन्दा माथिको क्षेत्रफल हो । साउन तेस्रो साता सुरु हुनअघि जिल्लामा ३० प्रतिशतमात्र रोपाइँ भएको थियो । यसैबीच वर्षा भएसँगै रोपाइँले गति लिइ अहिले ४९ प्रतिशत पुगेको हो ।

‘सबै ठाउँमा पानी अझै पुगेको छैन, किसान सडक, कुलो सोहोरेर, स्यालोट्युवबेल र इनार पम्पसेटबाट पानी जोहो गरेर रोपाइँ गर्दैछन्’, यादवले भने, ‘अब मुख्य समस्या बीउको छ, ब्याडमै सुकेको बीउ पछिल्लो वर्षाले बिउँतिने क्रम त छ, तर समय लाग्छ ।’

पानी परिरहेको हुँदा अन्य बालीभन्दा धान नै लगाउन ठिक हुने विज्ञ बताउँछन् । यस वर्ष जिल्लाको सुदूरदक्षिणी र मध्यभेगभन्दा उत्तरी क्षेत्रमा वर्षा बढी भएकाले धान रोपाइँ गति उत्तरीक्षेत्रमा बढी भएको देखिन्छ । 

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ८ : ०० बजे

रसुवा बाढीमा बेपत्ताका आफन्त भन्छन्- खोजी तीव्र पार्नूस्, भेटिने आसमै छौँ

काठमाडौं– रसुवा बाढीका कारण बेपत्ता भएका नागरिकका आफन्तजनहरूले छिटो खोजी कार्य

संवैधानिक पदाधिकारीलाई २ वर्ष ‘कुलिङ अफ पिरियड’ प्रस्ताव

काठमाडौं– संवैधानिक निकायका पदाधिकारीलाई पदबाट अवकाश पाएपछि दुई वर्षसम्म ‘कुलिङ अफ

बाढी प्रभावितका लागि प्रभु बैंकको २ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडौं– प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

म्याक्रोनको बेलायत भ्रमण, ब्रेक्सिटपछि सम्बन्ध सुदृढ बनाउने प्रयास

लन्डन – फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ब्रेक्सिटपछि बेलायत र युरोपेली सङ्घ

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रका नाममा सम्बोधन