संयुक्त राष्ट्रसंघद्वारा गाजा क्षेत्रमा इजरायली सैन्य कारबाही विस्तार नगर्न आग्रह « Khabarhub

संयुक्त राष्ट्रसंघद्वारा गाजा क्षेत्रमा इजरायली सैन्य कारबाही विस्तार नगर्न आग्रह


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसंघ – गाजा क्षेत्रमा इजरायली सैन्य कारबाही अझ विस्तार हुने सम्भावनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै, संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले त्यसले मानवीय अवस्था थप गम्भीर बनाउन सक्ने चेतावनी दिएका छन्।

संयुक्त राष्ट्रसंघका युरोप, मध्य एशिया र अमेरिकाका सहायक महासचिव मिरोस्लाव येन्काले २०२५ अगस्ट ५ मा न्यूयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा आयोजित सुरक्षा परिषद्को बैठकमा सम्बोधन गर्दै गाजामा सम्भावित सैन्य कारबाही विस्तारका सन्दर्भमा आफ्नो गम्भीर ध्यानाकर्षण गराए ।

उनले भने, “यदि गाजा क्षेत्रमा सैन्य कारबाही थप विस्तार गरियो भने, त्यसले लाखौं निर्दोष प्यालेस्टिनी नागरिकहरूको जीवनमा गम्भीर संकट ल्याउनेछ। साथै, गाजामा रहेका इजरायली बन्धकहरूको सुरक्षामा समेत थप खतरा उत्पन्न हुन सक्छ ।”

उनले अन्तर्राष्ट्रिय कानुनको स्पष्ट सन्दर्भ दिँदै भने, “गाजा क्षेत्र भविष्यको प्यालेस्टिनी राष्ट्रको अभिन्न अंग हो र त्यसलाई त्यही रूपमा राखिनु अत्यावश्यक छ ।”

सन् २०२४ जुलाईमा अन्तर्राष्ट्रिय अदालतले दिएको सल्लाहकार मतको हवाला दिँदै उनले भने, “इजरायलले नयाँ बस्ती निर्माण तत्काल रोक्नुपर्छ, अवैध रूपमा बसाइएका सबै बासिन्दाहरूलाई हटाउनु पर्दछ र प्यालेस्टिनी भूमिमा आफ्नो अवैध उपस्थिति अन्त्य गर्नुपर्दछ ।”

सन् २०२३ अक्टोबरबाट सुरु भएको द्वन्द्वयता ६० हजार भन्दा बढी प्यालेस्टिनी नागरिकहरूले ज्यान गुमाएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै, सन् २०२५ को मे महिनादेखि अहिलेसम्म खाद्यान्न खोज्ने क्रममा एक हजार २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र आठ हजार १०० भन्दा बढी घाइते भएको जानकारी दिए ।

उनले भने , “युद्धका कारण दिनप्रतिदिन मृत्यु र घाइतेको सङ्ख्या बढ्दो छ, तर पीडाको अन्त्य हुने कुनै संकेत देखिएको छैन ।”

मानवीय सहायता प्रवेशमा भइरहेको अवरोधप्रति पनि उनले गम्भीर चिन्ता व्यक्त गरे। “गाजामा भोकमरी व्यापक छ र इजरायली पक्षबाट अनुमति दिइएको सहयोग अत्यन्त न्यून छ,” उनले स्पष्ट पारे ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ८ : २६ बजे

मनसुनसँगै देशैभर सरुवा रोगको जोखिम: सतर्क रहन चिकित्सकको सल्लाह

काठमाडौँ – गर्मी तथा मनसुन सुरु भएसँगै देशभर विभिन्न सरुवा

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र