सप्तरी गोलीकाण्ड : चारबुँदे मागसहित सङ्घर्ष समितिले बुझायो ज्ञापनपत्र « Khabarhub

सप्तरी गोलीकाण्ड : चारबुँदे मागसहित सङ्घर्ष समितिले बुझायो ज्ञापनपत्र


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको राजगढमा प्रहरीको गोली लागेर स्थानीय लालु यादवको मृत्यु भएपछि गाउँपालिकास्तरीय सङ्घर्ष समिति गठन भएको छ ।

स्थानीय युवा दीपेन्द्र यादवको संयोजकत्वमा सङ्घर्ष समिति गठन भएको हो । सङ्घर्ष समितिले आज साँझ प्रमुख जिल्ला अधिकारीलाई चारबुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

यादवलाई गोली प्रहार गर्ने प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवलाई निलम्वन गरी कर्तव्य ज्यान मुद्दा दर्ता गर्न र प्रहरी उपरीक्षकलाई अविलम्ब विभागीय कारबाहीको माग ज्ञापनपत्रमा गरिएको छ ।

यादव हत्याको गम्भीर उच्चस्तरीय छानबिन समिति गठन गर्न, यादवलाई सहिद घोषणा गर्दै परिवारलाई क्षतिपुर्ति उपलब्ध गराउन र सीमाक्षेत्रमा प्रहरी आतङ्क बन्द गरी शान्तिसुरक्षा कायम गर्न माग गरिएको छ ।

चौबिस घण्टाभित्र माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिइएको छ । मङ्गलबार राति पुगेको प्रहरीले चलाएको गोली लागी यादव घाइते भएका थिए । उनको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको थियो ।

नेपालबाट भारततर्फ मदिरा तस्करी भइरहेको भन्दै प्रहरीले मदिरा नियन्त्रणमा लिन जाँदा स्थानीयले ढुङ्गामुडा गरेपछि गोली चलाउनुपरेको बताएको छभने मृतकका परिवारले नियन्त्रणमा लिइ गोली चलाएको आरोप लगाएको छ ।

यसैबीच, आजै सप्तरी उद्योग वाणिज्य सङ्घले पनि लालुप्रसाद यादवको हत्यारालाई कारबाहीको माग गरेको छ । सङ्घले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै घट्नाको छानबिन गरी दोषीउपर कडा कारबाहीको माग गरेको हो । दोषीहरुलाई कानुनको दायरामा ल्याएर कारबाही नगरिए थप आन्दोलन गर्न बाध्य हुने चेतावनी ज्ञापनपत्रमा छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ९ : १० बजे

नयाँ पुस्ताको माग पूरा गर्न जरुरी : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले गत भदौ २३ र २४ गते

काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह आज

काभ्रे– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोह आज

 निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौं– समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा