भुटानसँग बराबरीमा रोकियो नेपाल « Khabarhub

भुटानसँग बराबरीमा रोकियो नेपाल


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल र भुटानबीचको खेल बराबरीमा सकिएको छ। भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेल १–१ को परिणामसहित टुंगिएको हो।

खेलको १०औं मिनेटमा सेनु परियारले गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। तर, ८ मिनेटपछि भुटानी खेलाडी केल्डिन वाल्मोले नेपालको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै बराबरी गोल गरिन्।

दोस्रो हाफमा दुवै टोलीले गोलको प्रयास गरे पनि सफल हुन सकेनन्। बराबरीसँगै नेपाल र भुटानले समान १–१ अंक बाँडेका छन्।

यसै समूहको अर्को खेलमा उत्तर कोरियाले साउदी अरेबियालाई १५–० ले हराउँदै शीर्ष स्थानमा रहेको छ। नेपालले अब शुक्रबार साउदी अरेबियासँग र आइतबार उत्तर कोरियासँग खेल्ने तालिका छ।

नेपाल रहेको समूहमा आयोजक भुटान, उत्तर कोरिया र साउदी अरब छन्। मंगोलियाले भने आफ्नो नाम फिर्ता लिएको छ।

थाइल्यान्डमा आयोजना हुने एएफसी यू–२० महिला एसियन कपमा स्थान पाउन छनोटको समूह विजेता वा उत्कृष्ट उपविजेतामा पर्नुपर्नेछ। ८ समूहका विजेता र ३ उत्कृष्ट उपविजेताले एसियन कपमा स्थान बनाउनेछन्।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  १० : ०६ बजे

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा