भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए « Khabarhub

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै वस्तुमा २५ प्रतिशत थप भन्सार महसुल लगाउने निर्णय गरेका छन्। यो नयाँ महसुल यसअघि लागु भइसकेको २५ प्रतिशतसँग जोडिएर कुल ५० प्रतिशत पुग्नेछ।

यो निर्णय कार्यान्वयनमा आउन २१ दिन लाग्ने बताइएको छ। ट्रम्प प्रशासनले भारतले अझै पनि रूसी तेल आयात गरिरहेको भन्दै यो निर्णय गरेको हो।

यसअघि जुलाई ३१ मा नै उनले २५ प्रतिशत महसुलको घोषणा गरेका थिए। नयाँ निर्णयसँगै भारतबाट अमेरिका जाने आयातमा कुल ५० प्रतिशत भन्सार महसुल लाग्नेछ।

‘रुसको तेल किनिरहेको भारतबाट हुने आयातमा थप महसुल लगाउन आवश्यक र उचित ठान्दछु,’ ट्रम्पले कार्यकारी आदेशमा भनेका छन्।

यसको जवाफमा भारतको विदेश मन्त्रालयले प्रतिक्रिया दिँदै उक्त कदमलाई “अनुचित, अकारण र तर्कहीन” भनेको छ । अमेरिका र युरोप आफैंले पनि रूससँग ठूलो परिमाणमा व्यापार गरिरहेका छन्, तर भारतलाई मात्र निशाना बनाइएकाे भारतले आरोप लगाएको छ ।

उता, चीन, युरोप र अमेरिका आफैंले पनि रूसबाट अरबौं डलरको तेल र अन्य सामाग्री किनिरहेका छन्, तर उनीहरूमाथि कुनै कारवाही गरिएको छैन।

ट्रम्पको यो निर्णय उनका विशेष दूत स्टीव विटकॉफ़ले पुटिनसँग भेट गरेपछि आएको हो। विश्लेषकहरूका अनुसार यसले भारत-अमेरिका व्यापारिक सम्बन्धमा थप तनाव ल्याउने जोखिम बढेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ११ : ०६ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा