‘महाकमाण्डर’ देखिए दीपकराज, ‘माग्ने बूढा’लाई सफलता, विजयलाई झट्का | Khabarhub Khabarhub

सिने ब्रिफ

‘महाकमाण्डर’ देखिए दीपकराज, ‘माग्ने बूढा’लाई सफलता, विजयलाई झट्का


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

हेडलाइन…
– ‘माग्ने राजा’को व्यापारिक सफलताले जोगायो माग्ने बूढाको इज्जत
– माइतीघरको फेभरमा उभिएकाले दीपकराजको हल बहिस्कार गर्ने योजनामा बलिदान टिम
– नायक विजय बराललाई शीर्ष नायकको यात्रामा झट्का, फ्लप भयो ‘जनै हराएको मान्छे’
र गसिपमा छ– दर्शकलाई कमेन्ट गर्न प्रतिबन्ध गरेर सन्तोष सेनसँग भिड्दै दीपकराज गिरी


गसिप

‘महाकमाण्डर’ देखिए दीपक
कलाकार दीपकराज गिरी र निर्देशक तथा निर्माता सन्तोष सेनको दुस्मनी फेसबुकमा छताछुल्ल भएको छ । उनीहरु एक अर्कालाई खुइल्याउन भारी–भारी शब्द र तुच्छ शब्द चयनसहितको स्ट्याटस ‘वार’ गर्दैछन् ।दीपक र सन्तोषको दुस्मनी गत दशैँबाट सुरु भएको हो । त्यहीबेला दीपकले सन्तोषलाई साइबर सेनाको ‘कमान्डर’ भनेका थिए ।
अर्थात्, गत दशैँमा ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ले हलमा प्रतिस्पर्धा गर्दा आफ्नो फिल्मबारे सामाजिक सञ्जालमा आएका नकारात्मक टिप्पणी सन्तोषबाट प्रायोजित रहेको दीपकको बुझाइ छ । यी दुईको फेसबुक भीडन्तको जड यही हो ।
दीपकले सन्तोषलाई त्यसै ‘कमान्डर’को ट्याग लगाएका होइन रहेछन्, यसमा ‘१२ गाउँ’को सफलताको जलन पनि लुकेको रहेछ । अहिले उनको हर्कत हेर्दा यही भान हुन थालेको छ ।
‘१२ गाउँ’ले ‘छक्का पञ्जा ५’को भन्दा बढी व्यापार गरेको थियो । नायक विराज भट्टका छोरा समीर सोही फिल्मबाट उदायएका थिए । अहिले समीरको तुलना चल्तीका स्टार कलाकारसँग हुन थालेको छ ।
दीपकलाई गत वर्षको दशैँमा राम्रै झट्का लागेर सन्तोषलाई ‘कमान्डर’को आरोप लगाएका रहेछन् । अझ भनौ दीपक त्यही डाहाबाट बाहिर नसकेको उनकै पछिल्ला गतिविधिले जनाउँछ । दीपक बेचौन देखिन्छन् ।
नभए अहिलेको दशैँ भिडन्तमा दीपक हेलिनुपर्ने कारण छैन । उनी यसरी लागि परेका छन कि ‘बलिदान’माथि साइबर आक्रमण गर्ने गुरुयोजना बनाउन दीपक ‘माइतीघर’का निर्माता रोहित अधिकारीसँग सहभागी भएको गोप्य अडियो सार्वजनिक भएको छ ।
अनि सन्तोष ‘कमान्डर’ भए तपाईं के ? ‘महाकमाण्डर’ ?
अनि योजना बनाउँदै उत्तेजित निर्मातालाई उकास्दै हिड्नु ‘१२ गाउँ’बाट स्टार बनेका समीरको प्रगतिको डाहा हैन ?
दीपकलाई अचम्मको रौस चढेको छ । न आफ्नो फिल्म प्रदर्शनमा आउँदैछ । ‘माइतीघर’ र ‘बलिदान’ भिडन्तको एक हिसाबले दीपकका लागि कागलाई बेल पाक्यो हर्ष न बिस्मात नै हो ।
तथापि दुई उत्तेजित निर्माता रोहित र सन्तोषको बीचमा आफू पनि फोकटमा उत्तेजित बन्दै आएका छन् । दीपक यति उत्तेजित देखिन्छन् कि– दर्शकबाट गाली खाइन्छ भनेर कमेन्ट प्रतिबन्ध गरेर स्ट्याट्स लेखिरहेका छन् ।
अचम्म छैन त ?
रेडियो, सिरियल, फिल्म हुँदै हल मालिकसम्म बनेका दीपकले यो दशैँमा फिल्म ल्याउन नसक्नुको कारण त्यही मानसिकता त होइन ?
यस्तो मानसिकता बोकेर अरुलाई चाहिँ के व्यङ्ग्य गर्नुहुन्छ दीपक जी ? तपाईंबाट यो अपेक्षा थिएन ।
तपाईंको यही बानीले होला छक्का पञ्जा टिम बर्सेनी खुम्चेको । अब माग्ने बूढाले पनि छाड्लान् विचार गर्नुस् ।

दीपकको हल बहिस्कार गर्ने तयारी

दीपक फिल्म मेकर मात्रै होइनन् हल मालिक पनि हुन् । बानेश्वरमा उनले सञ्चालनका गरेको एक हल पनि छ ।

हल मालिकहरु कुनै फिल्मको पक्ष वा विपक्षमा उभिनु व्यावसायिक चरित्र होइन । तर, दीपक एकै मितिमा प्रदर्शनमा आउन लागेको दुई फिल्म ‘बलिदान’ र ‘माइतीघर’को निर्माताको विवादमा प्रत्यक्षरुपमा जोडिएका छन् ।

उनी ‘माइतीघर’को कित्तामा बसेर ‘बलिदान’लाई ‘ठेगान’ लगाउन लागिपरेका छन् । सन्तोष र बलिदान टिमप्रति तुच्छ गाली गलौजमा उत्रिएका छन् । सन्तोष पनि कमका भने होइनन् । उनले पनि फेसबुकमै दीपकलाई ‘पापी’ भन्न भ्याएका छन् ।

सन्तोष पनि दीपकसँग रिसले चुर नै बनेको बुझिन्छ । फेसबुके युद्धको रचनात्मक प्रतिकार गर्ने निर्णयमा पुगेपछि भने सन्तोष अहिले केही शान्त बनेका छन् । त्यो निर्णय हो– दीपकको हल बहिस्कार ।

रोहितको पक्षपोषण गरेर दीपकले गलत गरेको सन्तोषको टिमको ठहर छ । दीपकको यो गलत कदमको जवाफ बहिस्कार हो भन्ने निचोडमा सन्तोष पुगेका छन् ।

स्रोतका अनुसार सन्तोषको टिम बलिदान दीपकको हलमा नलगाउने निर्णयमा पुगेको पक्का हो । यसबारे चाँडै सार्वजनिक रुपमा बोल्ने तयारीमा सन्तोष रहेका छन् ।

फेसबुकको झगडा हलमा पुग्ने भएको छ । व्यवसायिक विषय व्यक्तिगत हुनु राम्रो छनक होइन ।

लिड रोलको परीक्षामा ‘माग्ने बूढा’ पास

‘माग्ने राजा’बाट लिड रोलमा डेब्यू गरेका केदार घिमिरे ‘माग्ने बूढा’लाई फिल्मको व्यापारिक सफलताले राहत दिएको छ ।

यो फिल्मको व्यापार ज्यादै राम्रो भने छैन । तर, फ्लप हुनबाट भने जोगिएको छ । भनौं केदार शीर्ष भूमिकाको परीक्षामा केही हदसम्म पास भएका छन् ।

ठूलो पर्दाको सहायक भूमिका दर्शकले रुचाइएका कलाकार हुन्– केदार घिमिरे । छक्का पञ्जा टिमले निर्माण गरेको फिल्ममा उनी सहायक भूमिकामा देखिँदै आएका थिए ।

‘छक्का पञ्जा ५’ प्रदर्शनमा आएपछि दीपक–दीपा फिल्म निर्माणबाट विश्राममा छन् । यही मौका पारेर केदारले बाहिरी ब्यानरको फिल्म साइन गरेका हुन् ।

उनले बाहिरी ब्यानरको फिल्म साइन मात्रै गरेनन्, लिड नायकको भूमिकामा समेत आफूलाई पहिलो पटक प्रस्तुत गरे ।

उनी शीर्ष भूमिकामा रहेको फिल्म ‘माग्ने राजा’ तेस्रो सातामा प्रदर्शनरत छ । चलचित्र विकास बोर्डका अनुसार सुरुवाती १२ दिनमा यस फिल्म ४ करोड ९ लाखको ग्रस कलेक्सन गरेको छ ।

यसले हिटको आँकडा छुन लागेको छ । पाँच करोड ग्रस कटाउने फिल्मलाई हिटको ट्याग दिने प्रचलन छ ।

यस अर्थमा केदारको लिड रोलमा डेब्यू सफल नै हुने देखिन्छ । सँगै यो आँकडाले केदारको स्टारडर्मलाई पनि छर्लङ्ग पारेको छ ।

माग्ने बूढाले यस फिल्मको लागि ५१ लाख पारिश्रमिक लिएको निर्माता मुनाल घिमिरेको दाबी छ । साथै, केदार अहिले नेपाली फिल्मको महँगो कलाकारका रुपमा हेरिन थालेका छन् । अन्य फिल्ममा पनि उनले मोटो पारिश्रमिक लिने गरेको चर्चा छ ।

अब ‘माग्ने राजा’को ग्रस कलेक्सनले केदारको केदार मोटो पारिश्रमिक डिर्जभ गर्छन् वा गर्दैनन् भन्ने मेकरहरुलाई सोच्न भने बाध्य बनाएको छ ।

जे होस्, केदारले ‘माग्ने राजा’लाई मोटामोटीरुपमा घाटैबाट भने बचाएका छन् ।

विजयलाई झट्का

लिड रोलको डेब्यूमा उत्कृष्ट अंक पाएका विजयलाई दास्रो फिल्म ‘जनै हराएको मान्छे’ले झट्का दिएको छ ।

बक्स अफिस रिपोर्टलाई आधारमान्दा उनी फेल भएका छन् । ‘जनै हराएको मान्छे’ फ्लप भएको छ ।

नायक विजय बराल कीर्तिमानी नायक हुन् । दशौं वर्ष सहायक भूमिकामा अभिनय गरेर विजयले गत वर्ष मात्रै फिल्म ‘पूर्णबहादुरको सारङ्गी’बाट लीड रोलमा डेब्यू गरे ।

यो फिल्म व्यापारिक रुपमा यसरी सफल भयो कि– नेपाली फिल्म इतिसाहकै सबैभन्दा बढी व्यापार ग¥यो । यसले ४७ करोडको व्यापार गरेको थियो ।

यो फिल्म सफल मात्रै भएन विजयलाई लिड नायकका रुपमा स्थापित गरायो । त्यही सफलताको रापतापमा विजयले फिल्म ‘जनै हराएको मान्छे’ साइन गरेका हुन् ।

तर, यो फिल्मको व्यापार निकै कमजोर दिएको छ । सुरुवाती १२ दिनमा यस फिल्मले १ करोड १० लाखको मात्रै व्यापार गरेको चलचित्र विकास बोर्डले बताएको छ ।

अहिले हलमा यो फिल्मको शो संख्या घट्दो छ । अहिलेको अवस्थामा यो फिल्मले हलबाटै लगानी सुरक्षित गर्न असम्भव जस्तै देखिएको छ ।
पहिलो फिल्मको सफलताको रापतापमा रहेका विजयलाई दोस्रो फिल्मले झट्का दियो भन्दा फरक पर्दैन । कारण फिल्मको व्यापार पहिलाको तुलनामा निकै न्युन छ ।

सबै नायकको सबै फिल्म व्यापारिक रुपमा सफल हुँदैन । रेकर्ड ब्रेकर नायकको दोस्रो फिल्म के होला भन्ने सबैको चासोको विषय भएकाले यत्तिको चर्चा हुनु स्वाभाविक पनि हो ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ७ : २६ बजे

एमाले विधान महाधिवेशन : दोस्रो दिनको कार्यक्रम सुरु

ललितपुर : नेकपा एमालेको विधान महाधिवेशन अन्तर्गत दोस्रो दिनको कार्यक्रम

सामान्य दुर्घटनालाई लिएर विधान महाधिवेशन भाँड्न खोजियो : ओली

ललितपुर– नेकपा (एमाले) दोस्रो विधान महाधिवेशन दोस्रो दिनको बन्दसत्रमा आउने

आज नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल हुँदै

काठमाडौं– अन्तर्राष्ट्रिय दुई मैत्रीपूर्ण फुटबलमा आज नेपाल र बंगलादेश खेल्दै

गण्डकीमा २४५ किलोमिटर पक्की सडक निर्माण

म्याग्दी– गण्डकी प्रदेशमा आर्थिक वर्ष २०८१–०८२ मा २४५ किलोमिटर सडक

सामाजिक सञ्जाल प्रतिबन्ध : मनोरञ्जन क्षेत्र चिन्तित

काठमाडौं – नेपाल सरकारले आफू मातहतका कार्यालयमा फेसबुक, युट्युब र