एमाले विधान महाधिवेशन : आज प्रतिवेदनमाथि १० समूहमा छलफल « Khabarhub

एमाले विधान महाधिवेशन : आज प्रतिवेदनमाथि १० समूहमा छलफल


२१ भदौ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशन आज पनि जारी रहने छ । शुक्रबार उद्घाटन भएको महाधिवेशनको दोस्रो दिन शनिबार समूहगत छलफल हुनेछ ।

यसअघि निर्वाचन आयोग, लेखा र अनुशासन आयोगका प्रतिवेदन प्रस्तुत गरिने एमालेले जनाएको छ । पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शङ्कर पोखरेलको सांगठनिक र सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराको प्रतिवेदन पेस भएका छन् ।

प्रस्तुत प्रतिवेदनहरूमा विस्तृत छलफल गर्न १० वटा समूह बनाइएको छ। ती समूहहरूमा दिनभर छलफल गरेर निष्कर्ष निकाल्ने कार्यसूची तय भएको छ ।

आइतबार प्रत्येक समूहको निष्कर्ष प्रस्तुत गरिनेछ। समूहहरूको प्रस्तुतिबाट आएको निष्कर्ष प्रतिवेदन प्रस्तोताहरूले स्पष्ट पार्नेछन् र त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनलाई सम्बोधन गर्दै औपचारिक रूपमा समापन गर्ने कार्यक्रम तय भएको छ ।

कोशी, सुदूरपश्चिम, मधेस, कर्णाली, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशमा आधारित प्रतिनिधिहरूले छुट्टाछुट्टै समूहमा छलफल गर्नेछन्। त्यसै गरी उपत्यका विशेष प्रदेश, विभिन्न जनसंगठन, सम्पर्क समन्वय समिति र प्रवासमा संलग्न प्रतिनिधिहरूको छुट्टै समूह बनाइएको छ ।

यस्तै केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचनालाई समेटेर अर्को समूह तोकिएको छ भने केन्द्रीय निकाय आयोजकहरूलाई सुझाव दिने मात्र उद्देश्यका लागि छुट्टै समूहमा राखिएको छ ।

यी समूहहरूले आआफ्नो क्षेत्र, संगठन र जिम्मेवारीअनुसार राजनीतिक, सांगठनिक र विधानसम्बन्धी प्रतिवेदनका विषयमा गहिरो छलफल गर्नेछन् । छलफलमा आएका निष्कर्षहरू आइतबारको सत्रमा प्रस्तुत भएपछि प्रतिवेदन प्रस्तोताहरूले स्पष्टीकरण दिने र त्यसपछि महाधिवेशनको निर्णयमा रूपान्तरण गर्ने तयारी गरिएको छ ।

आज स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले दर्ता गराएको ३२ पृष्ठको फरक मतले प्रवेश पाउने सम्भावना छ । आफ्नो फरक मतमा थापाले पार्टी पूर्व उपाध्यक्ष तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताबारे कुरा पनि उठाएका छन् ।

विधान महाधिवेशनमा देशभरबाट दुई हजार २६ जना प्रतिनिधि र आयोजककातर्फबाट ३१५ गरी जम्मा दुई हजार ३४१ जना सहभागी छन् । 

प्रकाशित मिति : २१ भदौ २०८२, शनिबार  ६ : ४८ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको