निजामती कर्मचारी स्थायी सरकार हो : गृहमन्त्री लेखक « Khabarhub

निजामती कर्मचारी स्थायी सरकार हो : गृहमन्त्री लेखक


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले निजामती कर्मचारी स्थायी सरकार भएको बताएका छन् ।

शनिबार महेन्द्रनगरमा निजामती सेवा दिवसको अवसरमा महाकाली प्रादेशिक अस्पतालमा आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजामती कर्मचारी सेवा दिवसको अवसरमा निजामती कर्मचारीहरूलाई शुभकामना व्यक्त गर्दै कर्मचारी स्थायी सरकार भएको बताएका हुन् । 

‘निजामती कर्मचारी स्थायी सरकार हुन, हामी राजनीतिकर्मीहरू प्रत्येक पाँच पाँच वर्षमा जनताका बिचमा जानुपर्छ ।’ उनले भने- ‘जनताले कहिले कुनै पार्टी र कहिले कुनै व्यक्ति सरकारमा पठाउँछ पाँच-पाँच वर्ष सरकार परिवर्तन हुन्छ नागरिकले भनेको निर्णय नै लोकतन्त्रमा सर्वोपरि हुन्छ ।’

उनले तीन-तीन महिनामा सरकार परिवर्तन हुन थालेपछि दुई ठुला पार्टी मिलेर स्थायी सरकार बनाउनु परेको बताए।

 सरकारले लामो समय काम गर्न नसके परिणाम दिन नसक्ने भन्दै वर्तमान स्थायी सरकारले १३ महिनामा केही परिणाम प्राप्त भएको उनको भनाई थियो ।

‘अहिले सरकारले कानुन र नीतिगत सुधारलाई प्राथमिकता दिएका छौ २०७२ सालमा संविधान बनेपनि कर्मचारीहरूको जिम्मेवारी बाँडफाँडका लागि कानुन बन्न सकेको थिएन ।’ गृहमन्त्री लेखकले भने ‘अहिले सरकारले निजामती कर्मचारी ऐन, शिक्षा ऐन लगायतका ऐनहरू पारित हुने क्रममा छन ।’

उनले निजामती कर्मचारी ऐन यही महिनाभित्र पारित भएर राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि कार्यान्वयनमा आउने बताए। 

‘१० वर्षसम्म बन्न नसकेको कानुन निर्माण भएर अब प्रशासकीय सङ्घीयता सुनिश्चित हुन्छ ।’ उनले भने ‘संविधानले बुबा र आमा दुवैलाई आफ्ना सन्तानलाई नागरिकता दिन समान किसिमको व्यवस्था संविधानले गरेको थियो तर १० वर्षसम्म कानुन नबनेका कारण आमाका नामबाट नागरिकता दिन सकिएको थिएन ।’

उनले सरकारले नागरिकता ऐन ल्याएर आमाका नामबाट समेत संतानले नागरिकता पाउने संविधानको व्यवस्थालाई सुनिश्चित गरेको बताए । वर्तमान सरकारले नीतिगत र कानुनी सुधार भएको बताउँदै त्यसमा कर्मचारीको ठुलो सहयोग रहेको उनको भनाई थियो ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  १२ : २४ बजे

बँदेलको आक्रमणबाट मृत्यु

सर्लाही– जङ्गली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एक पुरुषको मृत्यु भएको

सुरक्षित गर्भपतन सेवा असुरक्षित : रोकिएन अकालमा आमाहरूको मृत्यु

काठमाडौँ– २०७६ साल चैत ११ देखि २०७७ साउन ६ गते

६५ मेगावाटको म्याग्दीखोला जलविद्युत आयोजना निर्माण सुरु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत्

फिल्म सिरिज : सिक्वेलबाट चम्किएका कलाकार

काठमाडौं – सिक्वेलमा फिल्मको कथा पहिलो भागमा जहाँबाट अन्त्य भएको

कक्षा १२ को परीक्षा आजदेखि सुरु (तस्बिरसहित)

काठमाडौँ– माध्यमिक तह कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको