विद्या भण्डारीबारे देउवा : राजनीतिमा फर्किन संविधानले रोकेको छैन  « Khabarhub

विद्या भण्डारीबारे देउवा : राजनीतिमा फर्किन संविधानले रोकेको छैन 


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्कन संविधानले नरोकेको बताएका छन्।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको राजनीतिक सक्रियता अस्वाभाविक मान्न नभएको बताए। संविधानले राजनीतिक दलमा आबद्ध हुन पूर्वराष्ट्रप्रमुखलाई नरोकेको पनि देउवाले बताएका छन् ।

नेकपा (एमाले)ले गत साउन ५-६ को केन्द्रीय कमिटी बैठकबाट भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रमा फर्किएर उपाध्यक्ष बनिसकेका छन् ।

देउवाले दुईतिहाइ बहुमत जुटे मात्रै संविधान संशोधन अघि बढ्ने बताएका छन् । दलहरूसँग छलफल भइरहे पनि निष्कर्षमा ननिस्किएको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट मन्त्री फिर्ता बोलाउनेबारे कांग्रेमा छलफल नभएको देउवाले बताए ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  १२ : ३० बजे

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।