चाडपर्वले समृद्ध राष्ट्र निर्माणमा प्रेरित गर्नेछ : उपराष्ट्रपति यादव « Khabarhub

चाडपर्वले समृद्ध राष्ट्र निर्माणमा प्रेरित गर्नेछ : उपराष्ट्रपति यादव


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले कुमारी इन्द्रजात्रा र अनन्त चतुर्दशी (अनवत) पर्वका अवसरमा शुभकामना दिएका छन्। उनले यस पर्वले नेपाली समाजमा आध्यात्मिक चेतना, नैतिकता तथा राष्ट्रिय एकताको भावना सुदृढ गर्दै समृद्ध राष्ट्र निर्माणमा सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । 

कुमारी इन्द्रजात्रा र अनन्त चतुर्दशी (अनवत) पर्व, २०८२ को पावन अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, ‘यी जात्रा र पर्वहरू भूगोल, क्षेत्र, समुदाय तथा परम्परागत नामअनुसार फरकफरक शैली र नामले मनाइए पनि सबैको साझा उद्देश्य हाम्रो राष्ट्रियता, अखण्डता, पारस्परिक प्रेम, भ्रातृत्व, सौहार्द, सहयोग र एकताको भावना विकास गर्नु हो ।’

जीवित कुमारीको पूजा तथा रथयात्रा, लिङ्गो ठड्याउने परम्परा, भैरव नाच, गणेश नाचलगायत सांस्कृतिक प्रस्तुतिले नेपाली सभ्यता र परम्पराको मौलिक पहिचानलाई उजागर गर्दै राष्ट्रिय एकताको सन्देश फैलाउनुपर्ने उनको भनाइ छ । 

‘जीवित देवी’ कुमारीलाई शक्ति र पवित्रताको प्रतीक मानिन्छ । इन्द्रजात्राका अवसरमा निकालिने रथयात्राले समाजमा धार्मिक आस्था र विश्वासलाई बलियो बचाउँदछ । इन्द्रजात्रा पर्वले आन्तरिक र बाह्य पर्यटनलाई पनि बढावा दिने र जसले देशको अर्थतन्त्रलाई सहयोग पुर्‍याउने उपराष्ट्र यादवको भनाइ छ । 

विशेषतः तराई-मधेसमा आजकै दिन अनन्त चतुर्दशी (अनवत) पर्व मनाउने परम्परा रहिआएको छ । यो पर्व देवी लक्ष्मी तथा भगवान् विष्णुको पूजाआर्चना गर्दै मनाइने धार्मिक अनुष्ठान हो । 

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  २ : १९ बजे

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो