एमाले विधान महाधिवेशन : विभिन्न प्रतिवेदनमा समूहगत छलफल « Khabarhub

एमाले विधान महाधिवेशन : विभिन्न प्रतिवेदनमा समूहगत छलफल


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको जारी दोस्रो विधान महाधिवेशनअन्तर्गत प्रस्तुत विभिन्न प्रतिवेदनहरूमा समूहगत छलफल भएको छ । विधान महाधिवेशनको दोश्रो दिन शनिबार राजनीतिक, सांगठनिक र विधान संशोधनका साथै विभिन्न आयोगका प्रतिवेदनमाथि समूहगत छलफल भएको हो ।

बिभिन्न १० वटा समूहमा विभाजन गरी प्रतिनिधिहरूलाई आ-आफ्ना क्षेत्रमा तोकिएको प्रतिवेदनमाथि छलफल भएको एमालेले जनाएको छ । समूह छलफलका लागि प्रदेश, उपत्यका विशेष संरचना र केन्द्रीय निकायलाई आधार मान्दै १० वटा समूह तोकिएको थियो । कोशी, सुदूरपश्चिम, मधेस, कर्णाली, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका प्रतिनिधिहरूले छुट्टाछुट्टै समूहमा छलफल गरेका छन् भने उपत्यका विशेष प्रदेशसँगै विभिन्न जनसंगठन, सम्पर्क समन्वय समिति र प्रवासमा संलग्न प्रतिनिधिहरूलाई अर्को समूहमा राखिएको छ । 

त्यस्तै केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालयका विभागीय संरचनालाई एक समूहमा समेटिएको छ भने आयोजकका रुपमा रहेका निकायका लागि सुझाव दिने मात्र उद्देश्यसहित छुट्टै समूह तोकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनले स्थायी कमिटी सदस्य कर्ण थापाको फरक प्रस्तावलाई अध्यक्षको सल्लाह अनुसार नै समूहमा छलफल गर्न भनिएको जिकिर गरे । 

प्रत्येक समूहले राजनीतिक, सांगठनिक, विधान र आयोगसँग सम्बन्धित प्रतिवेदनका मुख्य बुँदामाथि आ–आफ्नो दृष्टिकोण राख्ने, आवश्यक परे संशोधन सुझाव दिने र अन्ततः लिखित प्रतिवेदन तयार गरी बहस नोट कमिटीमा बुझाउने व्यवस्था गरिएको छ । 

ती प्रतिवेदनलाई आइतबार बन्दशत्रमा समूह नेताहरूले प्रस्तुत गर्ने गौतमले बताए । त्यसपछि आइतबार नै महाधिवेशनले अन्तिम निर्णय गर्ने कार्यसूची तय गरिएको छ  ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ५ : १२ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको