रामेछाप बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा « Khabarhub

रामेछाप बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

रामेछाप– यहाँको रामेछाप नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । शनिबार आयोजित एक कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बालमैत्री शासनयुक्त नगर घोषणा गरेका हुन् । 

बालबालिकाको विकास, सहभागिता, संरक्षण, संस्थागत विकासका ५१ वटा सूचक पार गरिएकाले बाल श्रम, बाल विवाहमुक्त स्थानीय शासनयुक्त नगर घोषणा गरिएको त्यस अवसरमा जानकारी दिइयो ।  
 
नगरमा रहेका सात हजार ८८ घर तथा ३६ हजार छ सय २१ जनसङ्ख्या रहेका छन् । त्यसमा १७ हजार चार सय ९३ महिला र १९ हजार एक सय २८ पुरुष रहेका छन् । त्यसमध्ये १८ वर्षमुनिका १० हजार दुई सय ४१ जना बालबालिका सबै समस्याबाट मुक्त रहेकाले यस्तो घोषणा गरिएको नगरप्रमुख लवश्री न्यौपानेले जानकारी दिए।  

उनका अनुसार समुदायस्तरमा ८३ र विद्यायस्तरमा ३० गरी कुल ११३ तथा वडास्तरमा नौ र नगरस्तरमा एक गरी १० वटा बाल सञ्जालमा गरी दुई हजार ४२ जना बालबालिका आबद्ध छन् । यस्तै, वडा तथा नगरस्तरमा गठन भएका विभिन्न समिति तथा संरचनामा १७० बालबालिकाको सार्थक सहभागिता रहेको छ ।   

बागमती प्रदेशका बालमैत्री स्थानीय शासनयुक्त नगरमध्ये यो १२औँ स्थानमा परेको छ । 

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ५ : ४० बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको