बलान नदीको बाढीले जीर्ण बनायो तटबन्ध « Khabarhub

बलान नदीको बाढीले जीर्ण बनायो तटबन्ध


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सिरहा– गत दुई दिनको अविरल वर्षाका कारण सिरहा र सप्तरीको सिमाना भएर बग्ने बलान नदीमा आएको बाढीले तटबन्ध जीर्ण बनाएको छ । केही वर्षयता बाढी र कटानको समस्या तीव्र बन्दै गएपछि गाउँको सुरक्षाका लागि करोडौँ खर्चेर निर्माण गरिएको तटबन्ध फेरि भत्किन थालेपछि स्थानीय बासिन्दा पुनः चिन्तित बनेका छन् ।

लहान नगरपालिका–२३ तिलबोनामा नदी कटान रोक्न दुई वर्षअघि नगरपालिकाले ५० लाख, मधेस प्रदेश सरकारले रु ९५ लाख र गत वर्ष मात्रै सङ्घीय सरकारको खाडो नदी व्यवस्थापन आयोजना कार्यालय राजविराजले एक करोड रुपैयाँ लगानीमा तटबन्ध निर्माण गरेका थिए । 

तर हालको बाढीले ती तटबन्धहरूलाई कमजोर बनाएको छ । स्थानीयका अनुसार प्रदेश सरकारको बजेटबाट बनेको तटबन्ध आधा भाग बगिसकेको छभने सङ्घीय बजेटबाट बनेको तटबन्धमा चिरा परेका छन् र केही भाग भत्किन थालेका छन् । 

आज लहान नगप्रमुख महेशप्रसाद चौधरीले स्थलगत निरीक्षण गरी सम्बन्धित निकाय र निर्माण कम्पनीसँग तत्काल मर्मत कार्य गर्न समन्वय गर्ने बताए। उनका अनुसार तत्काल जेसिभी पठाएर तटबन्ध वरिपरि माटो मिलाउने काम सुरु गरिनेछ । 

नगरप्रमुख चौधरीले भने, ‘स्थानीयको सुरक्षाका लागि हामी गम्भीर छौँ । म आफैँ स्थलगत निरीक्षणमा गएँ र सम्बन्धित ठेकेदार तथा निकायलाई तत्काल मर्मत र पुनर्निर्माण कार्य अगाडि बढाउन निर्देशन दिनेछु । नगरपालिकाले पनि सक्दो सहयोग गर्नेछ ।’

दशकौँपछि बनेको स्थायी तटबन्ध बाढीले जीर्ण बनाई दिएपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन् । स्थानीय गङ्गाप्रसाद यादव भन्छन्, “यस गाउँकोे ५५ बिघा जमिनको लालपुर्जा घरमा छ तर जमिन खोलामा बगिसक्यो । यो तटबन्धले हाम्रो जमिन बचाउने आशा थियो, तर फेरि भत्किएपछि अब के होला भन्ने डर छ ।”

उनका अनुसार पछिल्ला दुई दशकमा लहान नगरपालिका–२३, सखुवा नन्कारकटी गाउँपालिका–४ र ५ तथा भगवानपुर गाउँपालिका–१ र २ मा कटानले झन्डै एक हजार बिघा उर्वर जमिन बगाएको छ । यसले किसानलाई आर्थिक रूपमा ठूलो मारमा पारेको छ ।

कोही सुकुम्वासी बनेका छन्भने कोही सामान्य श्रमिक जीवनयापन गर्न बाध्य छन् । तटबन्ध जीर्ण बनेसँगै सामान्य बाढीले नदी कटान गर्ने जोखिम बढेर गएको छ । स्थानीयवासीले तटबन्धलाई दीर्घकालीन समाधान हुनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  १ : ३४ बजे

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका