सप्तरीमा बाढी तथा डुबानबाट एक हजारभन्दा बढी मानिस प्रभावित | Khabarhub Khabarhub

सप्तरीमा बाढी तथा डुबानबाट एक हजारभन्दा बढी मानिस प्रभावित


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

राजविराज- अविरल वर्षापछि आएको बाढीले सप्तरीको जनजीवन प्रभावित बनाएको छ । भीषण वर्षासँगै जिल्लाका त्रियुगा, खाँडो, कोशी र जिता नदीमा आएको बाढीले झण्डै पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् भने एक हजार एक सय ५६ जना प्रभावित भएका छन् ।

जिल्लाका तटीय र नदी किनारका बस्तीमा बाढी पस्दा स्थानीयवासीको जनजीवन अस्तव्यस्त बनेको छ । त्रियुगा नदीमा आएको बाढीले सप्तकोसी नगरपालिकाका विभिन्न वडाका दुई सयभन्दा बढी घर डुबानमा पारेका छन् । भीषण वर्षापछि नदी ‘ओभरफ्लो’ हुँदा वडा नं ६ बोचही गाउँ नै जलमग्न बनेको छ ।

उक्त वडाका छ घर भत्किएपछि ती परिवारलाई राष्ट्रिय आधारभूत विद्यालय बोचहीमा सुरक्षित राखिएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाका अरू नौ स्थानमा बाढीबाट दुई सय ५६ परिवार प्रभावित भएका छन् ।

जिल्लाको डाक्नेश्वरी नागरपालिका वडा नं ९ मा १५ घरमा पानी पसेको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका— १२ मा ४०, राजगढ गाउँपालिका–६ मा एउटा घर भत्किएको छ भने तिलाठी कोइलाडी गाउँपालिका–१ मा खाँडो नदीको बाढी पसेर गाउँ नै जलमग्न भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए ।

तिलाठी कोइलाडी—४ मा १५ हनुमाननगर कंकालिनी—१४ मा ११ घर डुबानमा परेका छन् । प्रहरी उपरीक्षक गौतम केसीको नेतृत्वमा खटिएको टोलीले जिल्लाका विभिन्न ठाउँबाट बाढीमा फसेका ३८ जनालाई उद्धार गरेको छ । टोलीले जिल्लाको सप्तकोशी नगरपालिका—६ बाट १२ जना, हनुमाननगर कङ्कालिनी–१२ बाट आठ जना, राजगढ गाउँपालिका–६ बाट सात र तिलाठी कोइलाडी–४ बाट ११ जनालाई उद्धार गरिएको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिए ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ७ : ३९ बजे

स‌खुवासभा भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण

सङ्खुवासभा– संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कास्थित हिमाल आधारभूत विद्यालयका विद्यार्थीलाई सशस्त्र

हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थानान्तरण

मुस्ताङ– एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै

हङकङ सिक्सेस : यूएईले नेपाललाई दियो १३० रनको चुनौती

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा यूएईले नेपाललाई १३०

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गोरखामा माइक्रोबस दुर्घटनामा हुँदा १७ जना घाइते

गोरखा – सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको माइक्रोबस दुर्घटनामा चालकसहित