स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी आवश्यक : अध्यक्ष यादव « Khabarhub

स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी आवश्यक : अध्यक्ष यादव


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

सिरहा- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको समृद्धि, जनआकांक्षा सम्बोधन र राजनीतिक स्थायित्वका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पुनःसंरचना आवश्यक रहेको बताएका छन् ।

आज लहानमा जसपा जिल्ला समितिद्वारा आयोजित पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपरिहार्य भएको बताए । वर्तमान प्रणालीले भ्रष्टाचारलाई मलजल गरेकाले यसको पुनःसंरचनाको विकल्प नरहेको उनको भनाइ थियो ।

यादवले भने, “हाल चुनाव जित्न करोडौँ खर्च गर्नुपर्ने बाध्यता छ । यस्तो प्रणालीमा निर्वाचित हुने प्रतिनिधिहरू जनताको सेवा होइन, भ्रष्टाचार गरेर लगानी असुल गर्न थाल्छन् । त्यसैले भ्रष्टाचारको मूल नास गर्न निर्वाचन प्रणाली परिवर्तन गरेर पूर्ण समानुपातिक बनाउनु आवश्यक छ ।”

पछिल्लो १० वर्षमा ११ पटक सरकार परिवर्तन हुनु संसदीय व्यवस्थाको अस्थिरता र असफलताको प्रमाण भएको बताउँदै उनले यस्तो व्यवस्थाले नीति निर्माणमा स्थायित्व दिन नसक्नुका साथै जनताको विश्वास पनि जित्न नसक्ने दाबी गरे ।

अध्यक्ष यादवले संसद्ले कानुन मात्रै बनाउने र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिलाई कार्यकारिणी प्रमुख बनाउने प्रणालीले मात्र स्थायित्व र जवाफदेहिता आउन सक्ने धारणा राखे । उनले जनसङ्ख्याको आधारमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व हुनुपर्ने माग गर्दै वर्तमान प्रतिनिधित्व प्रणालीले विशेष वर्ग र शक्तिशाली दलहरूलाई मात्र लाभ पु¥याएको आरोप लगाए । ‘जेनजी’ का आवाज सम्बोधनका लागि संविधान पुनर्लेखन गर्न आवश्यक रहेको पनि उनको जोड थियो ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ७ : ५५ बजे

अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार

सुदूरपश्चिम – कैलालीको धनगढीमा पाँच दिनदेखि अनसनरत डा गोविन्द केसीको

स्पेस निडल नजिकको फुड फेस्टिभलमा गोलीकाण्ड : दुईको मृत्यु

एजेन्सी– अमेरिकाको सियाटलस्थित स्पेस निडल नजिक आयोजना गरिएको लोकप्रिय ‘बाइट

विश्वकप क्रिकेट लिग-२ नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज भइरहेको खेलमा

चीन जाने तयारीमा रवि, बालेनको भारत यात्रा अझै अनिश्चित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भदौको पहिलो साता