आज २०८२ साल कात्तिक २० गते बिहीबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल कात्तिक २० गते बिहीबारको राशिफल


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर कृष्ण पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२५ नोभेम्बर ६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो‍‍. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : दिन राम्रो छ । भाग्यको उदय हुनेछ । शिक्षामा प्रगति हुनेछ । स्वास्थ्यमा सुधार होला । व्यापार व्यवसायमा फाइदा हुने योग छ । सामाजिक क्षेत्रमा मानप्रतिष्ठा बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। ठुलो लगानी नगर्नु राम्रो हुन्छ। स्वास्थ्यले साथ दिनेछ। वैदेशिक रोजगारीमा गरेको लगानीबाट नाफा हुनेछ। गुरुको सम्मान गर्दा फाइदा हुने देखिन्छ।

मिथुन : दिन राम्रो छ । बोलीका कारण काम बन्नेछन् । शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ ।

कर्कट : दिन समान्य राम्रो छ । डुब्न लागेको धन उठ्ने योग छ । सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ ।

सिंह : दिन राम्रो छ । तपाईंको प्रतिभाको प्रदर्शन गर्ने दिन छ । व्यापारमा फाइदा हुनेछ । पठनपाठनमा रुची बढ्नेछ । गोप्य तरिकाले गरेको कामबाट लाभ मिल्नेछ । योजना सार्वजनिक नगरी काम गरेमा फाइदा हुनेछ ।

कन्या : दिन राम्रो छ । गुम्न लागेको सम्पत्ति हात लाग्ने छ । पठनपाठनमा मन जानेछ । स्वास्थ्यमा सुधार हुनेछ । पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहने छ ।

तुला : दिन राम्रो छ । धर्मकर्ममा मन जानेछ । साथीभाइसँग भेट हुनेछ । मान प्रतिष्ठा बढ्नेछ । सामाजिक क्षेत्रमा तपाईंको सम्मान बढ्नेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ ।

वृश्चिक : तपाईंका लागि आजको दिन सामान्य छ । अरुसँग विश्वास गर्नुभन्दा आफ्नो काममा जिम्मेवार बन्नुपर्ने समय छ । परिवारमा कामको बोझ थपिनेछ । अनावश्यक खर्च बढ्नेछ । आफ्नै साथीबाट आलोचनाको सामना गर्नुपर्ने दिन छ ।

धनु : दिन सामान्य छ । तपाईंले गरेको कामको जस अरुले लिनेछन् । राजनीतिमा वितृष्णा बढ्नेछ । परिवारको साथ मिल्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ ।

मकर : दिन सामान्य छ । अनावश्यक यात्रामा नजानु राम्रो हुन्छ । अनावश्यक क्षेत्रमा सम्पत्ति र समय खर्च हुनेछ । धार्मिक क्षेत्रमा मन जानेछ । नयाँ मान्छेसँग व्यावसायीक कारोबार नगर्नु राम्रो हुन्छ ।

कुम्भ : दिन सामान्य छ । अनावश्यक यात्रामा नजानु राम्रो हुन्छ । घाटाको व्यापारमा सम्पत्ति र समय खर्च हुनेछ । धार्मिक क्षेत्रमा मन जानेछ । नयाँ मान्छेसँगको कारोबार डुब्ने जोखिम छ ।

मीन : दिन राम्रो छ । सोचेको काम बन्दा मन प्रशन्न हुनेछ। राजनीति र सामाजिक क्षेत्रमा मन जानेछ । रमाइलो घुमघामको योजना बन्ने छ । घुम्न पाउँदा मन प्रशन्न बन्नेछ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ५ : ११ बजे

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका

च्याम्पियन्स लिग : बायर लिभरकुजेनसँग बेनिफिका पराजित

काठमाडौं– युईएफए च्याम्पियन्स लिग फुटबलमा बायर लिभरकुजेनले जित निकालेको छ

ओलीले हरियो झन्डा नदेखाएपछि अन्तिममा खनालको बाटो फेरियो

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल नेकपा (माओवादी केन्द्र)सहित

पूर्वसैनिक घलेको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

सुनसरी– करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त

राष्ट्र बैङ्क प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक पौडेललाई

काठमाडौं– नेपाल राष्ट्र बैङ्कको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई