फिल्म प्रदर्शनको संघारमा टंकले किन भने– अशोकले हार्दैछन् « Khabarhub

फिल्म प्रदर्शनको संघारमा टंकले किन भने– अशोकले हार्दैछन्


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको बाल गायक अशोक दर्जी शीर्ष भूमिकामा रहेको फिल्म ‘मन बिनाको धन’लाई पहिलो दिन शुक्रबारका लागि हलहरूले बिहीबार बिहान ११ बजेसम्म ५० भन्दा बढी केही बढी शो छुट्याएका छन् ।

यो फिल्मसँगै प्रदर्शनमा आउन लागको फिल्म ‘जारी २’ले करिब दुई सय हाराहारी शो पाएको छ ।

एकैदिन प्रदर्शनमा आउन लागेका दुई फिल्मको शो संख्यामा ठूलो अन्तर भएपछि गायक तथा संगीतकार एवं ‘मन बिनाको धन’का निर्देशक टंक बुढाथोकी असन्तुष्ट बनेका छन् ।

उनले फेसबुकमार्फत दर्शकले विश्वास गर्दा हल सञ्चालकहरूले अविश्वास गरेको आरोप लगाएका छन् ।

उनले लेखेका छन्, ‘सिनेमाघर सञ्चालकहरूले मन बिनाको धनलाई नपत्याए पनि हामीलाई हजुरहरू (दर्शक) पत्याउनु भएको छ ।’

हलहरूको यो कदमले टंकले निरीह महसुस गरेका छन् । उनले लखेका छन्, ‘म हार्दैछु । मलाई हराउन धेरै लागे । सधैँ लागे ।’

काम शो दिने हलहरुको निर्णयलाई उनले अशोकको करिअरसँग पनि जोडेका छन् । दर्शकबाट सहानुभूतिको अपेक्षाको आशयसहित उनले लेखेका छन्, ‘भोलिबाट प्रदर्शन हुने हाम्रो चलचित्रलाई एकदमै कम शो दिने । कतिपय ठाउँमा नदिने निर्णयले दुख लागेको छ । म हार्दैछु, मसँगै अशोकले पनि हार्दैछन् ।’

दर्शकबाट टंककले न्यायको अपेक्षा राखेका छन् ।

टंकले दाबी गरे जस्तै यो फिल्मको शो संख्या कम छ । प्रि–बुकिङ पनि राम्रै देखिन्छ । प्रि–बुकिङमै चारभन्दा बढी शोको टिकट पूरा बिक्री भएको छ ।

कात्तिक १४ देखि प्रदर्शनमा आएको फिल्म ‘परान’को उच्च शो र अकुपेन्सी हलमा लागिरहेको छ । असोज ३१ बाट प्रदर्शनमा आएको ‘जेरी अन टप’ले दर्शकबाट उस्तै साथ पाइरहेको छ ।

हिट फिल्म ‘जारी’को सिक्वेल भएकाले ‘जारी २’को बुकिङ पनि आक्रामक छ । सोहीकारण पनि यसले बढी शो पाएको छ ।

यी तीन फिल्मको चेपुवामा परेर ‘मन बिनाको धन’ले कम शो पाएको हो ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ११ : ४१ बजे

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस विजयी

काठमाडौं– राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा

ओलीको घोषणा : जाँचबुझ आयोगको प्रतिवेदन निन्दनीय र खेदजनक, स्वीकार्दैनौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र

शान्त प्रदर्शनकारीमाथि नगरप्रहरीको दमन

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिनका

रास्वपाको संसदीय दलको बैठक सुरु

 काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको

इरानी वार्ताकारले विचित्रको व्यवहार देखाए, समयमै गम्भीर नभए परिणाम भयानक : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी वार्ताकारको व्यवहारलाई ‘विचित्र’ भन्दै