यसरी हुनसक्छ युवा व्यवस्थापन « Khabarhub

यसरी हुनसक्छ युवा व्यवस्थापन



काठमाडौं– संयुक्त राष्ट्रसङ्घले सन् १९८५ लाई युवा वर्ष घोषणा गरेको थियो । सन् १९९९ देखि युवाका आवाजलाई बुलन्द गर्ने हिसाबले हरेक वर्ष १२ अगस्टका दिन युवा दिवसका रूपमा मनाउने गरिन्छ । युवाहरू स्वभावैले ऊर्जाशील, सकारात्मक परिवर्तनका संवाहक र परिवर्तनका उत्प्रेरक हुन् । 

युवा भन्ने बित्तिकै शारीरिक, मानसिक शक्तिले ऊर्जाशील व्यक्तित्व बुझिन्छ । आजको युवाले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण सक्रिय भएर लग्नु जरुरी छ । 

यो वर्ग साहस, सृजनशील, उच्च आत्मविश्वास, निर्णय गर्न सक्ने क्षमता, काम गर्न सक्ने तत्परता भएको हुँदा राष्ट्र निर्माणमा सहभागी गराई देशको मानवीय पुँजीका रूपमा राज्यले परिचालन गर्नु पर्दछ । उमेरको हदलाई हेरी युवाको परिभाषा विभिन्न मुलुकका सरकारले आआफ्नै तरिकाले गरेको पाइन्छ ।

नेपालको राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्ष उमेरकालाई युवा घोषित गरिएको छ । ‘युथ भिजन २०२५’ ले युवाको उमेर समूहलाई १६ देखि २४ वर्ष र २५ देखि ४० वर्ष गरी दुई उमेर समूहमा विभाजन गरेको छ । 

भारतले १६ देखि २९ वर्ष, चीनले १८ देखि ३५ वर्ष, जर्मनीले १४ देखि २६ वर्ष, बङ्गलादेश र फिलिपिन्सले १५ देखि ३० वर्ष, दक्षिण अफ्रिकाले १५ देखि २९ वर्षलाई युवा भनी घोषणा गरेका छन् । 

युवाको परिभाषा आआफ्नै तरिकाले भने पनि अधिकांश देशमा युवाको उमेर १५ देखि ३५ वर्षको उमेरलाई प्राथमिकता दिएको पाइन्छ ।

राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले भने काम गर्न सक्ने उमेर भनेको १५ देखि ६४ वर्षको जनसङ्ख्यालाई मानेको छ तर हाम्रो देशमा भने ४१ वर्षदेखि माथिको उमेरलाई पाको उमेरको संज्ञा दिइएको छ । 

कैयन् विभिन्न सेवामा काम गर्ने मानिस ५० वर्षदेखि पेन्सन पकाएका छन् भने ५९ वर्षमा त काम गर्न नै नसक्ने भनेर अवकाश गरी घरमा नै बसेको पाइन्छ ।

हाम्रो देशको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको नीति, नियम, कानून, विनियम राम्रोसँग अध्ययन गरी परिवर्तन गर्नु पर्दछ । नीति नियमले नै एउटै नेपाली जनतालाई काखा र पाखा गरेको छ । 

नेपालमा उद्योग धन्दाहरू नहुँदा, युवा वर्गलाई बिदेसिन बाध्य हुन पुगेका छन् । नेपाल सरकारले ११० देशलाई संस्थागत रूपमा वैदेशिक रोजगारमा जान खुला गरेको छ । व्यक्तिगत श्रम स्वीकृतिमा १७२ मुलुकमा नेपाली कामका लागि वैदेशिक रोजगारमा गएका छन् । 

आर्थिक वर्ष २०७७/७८ सम्म ४४ लाख ३३ हजार ८१२ जना कामदार वैदेशिक रोजगारमा गएका छन् । उक्त सङ्ख्या भारतबाहेक अन्य मुलुकको तथ्याङ्क हो । 

यदि भारतलाई पनि जोडे भने जम्माजम्मी ८० लाखभन्दा बढी युवा बाहिरिएको देखिन्छ । वैदेशिक रोजगारमा गएकामध्ये दक्ष कामदार १.५ प्रतिशत, अद्र्धदक्ष कामदार २.४ प्रतिशत, अदक्ष कामदार ७४.५ प्रतिशत रहेको छ । 

यही आर्थिक वर्ष २०७७/७८ सम्ममा वैदेशिक रोजगारमध्ये मलेसियामा २८.४ प्रतिशत, कतारमा २.७ प्रतिशत, साउदी अरेबियामा २०.९ प्रतिशत छन् । यसमा भारत जाने कामदारको सङ्ख्या समावेश गरिएको छैन ।

युगको युवा

नेपालको इतिहास हेर्ने हो भने १०४ वर्ष राणा शासनको युग थियो । ३० वर्षको पञ्चायती शासनको युग थियो । विसं २०४६ देखि २०६२/६३ को बहुदलीय व्यवस्थाको युग थियो । विसं २०६२/६३ देखि आजसम्म लोकतान्त्रिक गणतन्त्रको युग छ । हरेक युगलाई हेर्‍यौँ भने हरेक परिवर्तनलाई अध्ययन गर्‍यौं भने तत्कालीन युवाले नै परिवर्तनमा भूमिका खेलेको पाइन्छ । 

त्यतिबेलाको परिवर्तन धेरै गार्हो थियो । कठिन थियो । बोल्न, लेख्न पाइँदैनथ्यो । शासक वर्गको कठपुतली बन्दै जे पनि हुन्छ भनेर भन्नु पर्दथ्यो । 

त्यसकारणले पनि हामीले हाम्रा पुर्खालाई मानसम्मान गर्दै आदर गर्दै हरेक पार्टीका युवाले आफ्नो अभिभावक र संरक्षक बनाएर राज्य सञ्चालन र देशको विकास गर्न युवा वर्ग चालक/पाइलट बनेर अगाडि बढ्नुपर्दछ ।

हाम्रा पुर्खाको अनुभव, ज्ञान, दक्षता, क्षमता भनेको शासन परिवर्तन गर्ने, लडाइँ गर्ने, जेल बस्ने, जङ्गलबाट युद्ध गर्ने, सत्ता परिवर्तन गर्ने जस्ता साहसिला काम गरे । जेलनेल बस्दा विश्वविद्यालय अध्ययन गर्न पाउनु भएन, राम्रा पुस्तक अध्ययन गर्न पाउनु भएन । 

संसारको देशमा कस्तो विकास भएको छ सोको पहिचान गर्न पाएनन् । विकासको रणनीतिक धारणा थाहा पाएनन् । अहिलेको युवाहरूले आफ्नै देशमा राम्रा राम्रा स्कुल, कलेज, विश्वविद्यालयमा अध्ययन गर्ने मौका पाएका छन् । विश्वका विश्वविद्यालयमा अध्ययन गरेका छन् । 

विश्वका विकसित मुलुकको अध्ययन गरेका छन् । सूचना र प्रविधिको उपयोग गर्न पाएका छन् । स्थल, जल र वायुयानको माध्यमद्वारा छिटो भन्दा छिटो यात्रा गर्न पाएका छन् । 

एक्काइसौँ शताब्दीको विकास र आवश्यकतासँग परिचित छन् । पहिचान गर्न सक्छन् । अबको विकास अघिल्लो पुस्तालाई चाहिने होइन । अबको विकास सकिन्छ हाम्रो पुस्ताले उपयोग गर्ने हो, सकिँदैन भने अर्को पुस्ताले उपयोग गर्ने हो । एकपटक यो पुस्ता ‘बौलाहा’ बनेर काम गर्नुपर्दछ । ‘पागल’ बनेर काम गर्नु पर्दछ ।

अहिलेको पुस्ताको ज्ञान, बुद्धि, विवेक, चाहना भनेको व्यवस्थापनमा छ, विचारमा छ, विकासमा छ, बजारमुखी अर्थतन्त्रमा छ, उत्पादनमुखी अर्थतन्त्रमा छ, स्वावलम्बी बन्नेमा छ, एन्टरप्रेनरसिपमा छ, स्टार्टसअप व्यवसायमा छ, स्वतन्त्र तरिकाले काम गर्नेमा छ ।

यो देश बनाउन लगभग ४१ प्रतिशत युवाको इच्छा, चाहना, विचार र आवश्यकता बुझ्ने र बुझाउने राजनैतिक नेतृत्व, व्यावसायिक नेतृत्व र कुशल प्रशासकको आवश्यकता पर्दछ । आगामी पुस्ताको लागि, यो पुस्ताले नेतृत्व लिनै पर्दछ । प्रशासन चलाउनु नै पर्दछ । हरेक व्यक्ति, समाज, र देशमा एउटा युग आउँछ, त्यस समयमा शासन पद्धति त्यही युगका व्यक्तिले चलाउँछ । आज नेपालमा युवाको ‘युग’ आएको छ । केही दशक वा हिजोसम्म धेरै उमेर र अनुभवी व्यक्तिको युग थियो । त्यो युग आज फेल भएको प्रमाणित भएको छ । यसको प्रमाण धेरै छन्, जसमध्ये ८० लाखभन्दा बढी युवा संसारका विभिन्न देशमा कामको खोजीमा छन् ।

अब यो बिदेसिएका युवालाई स्वदेशमा फिर्ता गर्नुपर्ने देखिन्छ । अबको नेतृत्व युवाले गर्नुपर्दछ । यो देशको मुहार फेर्नुपर्दछ । संसारको हरेक देशलाई हेर्‍यौँ भने हामीजस्तै गरी उठेका छन् । मरुभूमि बालुवाबाट उठेका छन् । चिसोभन्दा चिसो हावापानी र हिउँबाट उठेका छन् । 

तातोभन्दा तातो हावापानीबाट माथि उठेका छन्, जुन देश बन्नका लागि एक समय युवाहरूले त्याग गरे र देश निर्माण गरे । हाम्रा युवाहरूले संसारको १७२ देश प्रत्यक्ष वा अप्रत्यक्ष तरिकाले बनाइसके । अब आफ्नै देश किन नबनाउने ? आफ्नै देश बनाउने बेला आएको छ ।

युवाको परिभाषा र युवा हुनका लागि समाजको परिवर्तन र रूपान्तरणमा देन दिन सक्नुपर्दछ । आफूले आफ्नै स्वार्थको लागि काम गर्नु युवाको परिभाषा भित्र पर्दैन । 

तर, आफूलाई परिवर्तन गरेर समाजलाई परिवर्तन गर्नुपर्दछ । परिवर्तन यति सजिलो छैन, ठूलो त्याग र तपस्या गर्नुपर्दछ । यसको लागि प्रशस्त मात्रामा अनुशासन र आफूले आफूलाई कानून बनाएर अगाडि बढ्नुपर्दछ । 

सरकारले बनाएको कानुनले व्यक्तित्व विकास गर्न कुनै सहयोग गर्दैन । आजको युवाले बिर्सनै नहुने विषय के हो भने जीवनका ससाना विषयवस्तुलाई मध्यनजर गरी कार्य गर्नुपर्दछ; जस्तै–दैनिक क्रियाकलाप, समयको सही व्यवस्थापन, साथीसँगको उठबस, सकारात्मक सोचको विकास, पारिवारिक सम्बन्ध, सामाजिक कार्यमा संलग्न, माया, प्रेम, शैक्षिक कार्यक्रममा सहभागिता नेतृत्वदायी भूमिका, साहित्यिक काममा संलग्न, नयाँ नयाँ पुस्तकको अध्ययन, आफूभन्दा ठूला मानिससँगको सङ्गतलगायत कार्यहरूलाई आफ्नो दैनिकीमा राख्नुपर्दछ । 

जहिले पनि परिवर्तन सानो विषयबाट हुन्छ, परिवर्तन एउटा विषयबाट सुरm गरेर उक्त विषयलाई अन्त्य गर्न सक्नुपर्दछ । परिवर्तन गर्न चाहनेले कहिल्यै पछि हट्नुहुँदैन र कहिले अल्छी गर्नु पनि हुँदैन । यो संसार सक्नेका लागि हो, कसैले कसैलाई टीका लाएर केही पनि दिएको छैन । यो आकाश खुल्ला छ, उड्नेको लागि बाटो खाली छ, पैदलबाट हिँड्नुस् वा गाडीबाट गुड्नुस् वा चुप लागेर घरमा बस्नुस् दुवै बाटो खुल्ला छ । हामी कहाँ जान चाहन्छौँ र कसरी यसलाई व्यवहारमा प्रयोग गर्छौँ भन्ने कुराको दृष्टिकोण, लक्ष्य र उद्देश्य स्पष्ट हुनुपर्दछ र त्यसैमा तल्लीन भएर लाग्नुपर्दछ । यसैलाई व्यवहारमा उतार्न सक्नुपर्दछ । 

नेपाली युवाको अवसरका क्षेत्र

हाम्रो देश हरेक हिसाबले उर्वर भूमि हो । यो भूमिमा जे पनि फल्छ र फलाउन सकिन्छ । हिमाल छ, पहाड छ, तराई छ, खेतीयोग्य जमिन छ, पर्यटन स्थल छ, जडीबुटी, जङ्गल, जल र अनगन्ती नदीनाला छ । त्यस्तै गरी नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले पनि युवासँग गरिने विविध प्रकारका योजना छन् । 

नेपाली युवाको अवसरका क्षेत्र हाम्रो देश हरेक हिसाबले उर्वर भूमि हो । यो भूमिमा जे पनि फल्छ र फलाउन सकिन्छ । हिमाल छ । पहाड छ । तराई छ । खेतीयोग्य जमिन छ । पर्यटन स्थल छ । जडीबुटी, जङ्गल, जल र अनगन्ती नदीनाला छन् । त्यस्तैगरी नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले पनि युवासँग गरिने विविध प्रकारका योजना छन् । युवा तथा खेलकुद मन्त्रालयले युवासँग सरोकार हुने राष्ट्रिय युवा नीति, २०६६ जारी गरेको छ ।

राष्ट्रिय युवा नीतिमा युवाका क्षेत्रमा काम गर्ने युवाहरू राजनीतिक क्षेत्रमा आबद्ध युवा, विशेष प्राथमिकता क्षेत्रका युवा, अपाङ्गता भएका युवालाई सहभागी गर्दै लैजाने रणनीति छ । मन्त्रालयले युवा साझेदारी कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय युवा अनुभव आदानप्रदान कार्यक्रम, युवा सूचना केन्द्र, स्वरोजगारको लागि तालिम, युवा प्रतिभा सम्मान कार्यक्रम र युवा उत्तरदायी बजेट कार्यक्रममा सहभागी भइरहेको छ । 

युवा सूचना केन्द्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय युवा गैरसरकारी सङ्घ–संस्थासँग मिलेर अगाडि बढाउने कार्यक्रम स्थानीयस्तरसम्म युवाको सञ्जाल बनाउने कार्यक्रम गरी रहेको छ । राष्ट्रको अमूल्य मानवस्रोत र ऊर्जाको भण्डार युवा हो ।

युवा तथा खेलकुद मन्त्रालयले युवासँग सरोकार हुने राष्ट्रिय युवा नीति, २०६६ जारी गरेको छ । राष्ट्रिय युवा नीतिमा युवाका क्षेत्रमा काम गर्ने युवाहरू राजनीतिक क्षेत्रमा आबद्ध, विशेष प्राथमिकता क्षेत्रका युवाहरू, अपाङ्गता भएका युवालाई सहभागी गर्दै लैजाने रणनीति छ । 

मन्त्रालयले युवा साझेदारी कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय युवा अनुभव आदान–प्रदान कार्यक्रम, युवा सूचना केन्द्र, स्वरोजगारका लागि तालिम, युवा प्रतिभा सम्मान कार्यक्रम, र युवा उत्तरदायी बजेट कार्यक्रममा सहभागी भइरहेको छ । 

युवा सूचना केन्द्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय युवा गैरसरकारी सङ्घ–संस्थासँग मिलेर अगाडि बढाउने कार्यक्रम, स्थानीयस्तरसम्म युवाहरूको सञ्जाल बनाउने कार्यक्रम गरी नै रहेको छ ।

(समाज रूपान्तरण अभियानमा क्रियाशील लेखक साउथ स्टेन ग्रुपका संस्थापक अध्यक्ष हुन् ) रासस

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  १२ : ४७ बजे

आइसीसी टि–२० विश्वकप : अमेरिकालाई हराउँदै भारतको विजयी सुरुवात

काठमाडौं – आइसीसी टि–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात

सुर्खेतबाट ‘खतरनाक खोपडी’ समूहका २५ पक्राउ

कर्णाली – सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने