सुदन गुरूङको आक्रोश : गृहमन्त्री ओमप्रकाश अर्यालले अब राजीनामा दिनुपर्छ  « Khabarhub

सुदन गुरूङको आक्रोश : गृहमन्त्री ओमप्रकाश अर्यालले अब राजीनामा दिनुपर्छ 


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनका अगुवा सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालको तत्काल राजीनामा माग गरेका छन् । 

उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको कडा सन्देशमा सरकार र मन्त्रीको निष्क्रियता, भ्रष्टाचारविरुद्धको कमजोरी, र न्यायमा ढिलासुस्तीबारे तीव्र आलोचना गरेका छन्।

गुरूङले लेखेका छन्, ‘देशभरबाट ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा ‘जेन-जीलाई कारबाही गर’ सुन्ने गृहमन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो।’ 

उनले गृहमन्त्रीलाई जनताको विश्वास तोडेको आरोप लगाउँदै तत्काल जिम्मेवारी त्याग्न आग्रह गरेका छन् ।

उनले थप भनेका छन्, ‘अब दुई महिना हुन लागिसक्यो, न कुनै भ्रष्टाचारको कारबाही भयो, न कुनै हत्यारा पक्राउ। यो मौनता अपराधको समर्थन हो ।’ 

गुरूङले आफूलाई विगतमा भ्रामक समाचार र चरित्र हत्या अभियानले लक्षित गरेको दाबी गर्दै भनेका छन्, ‘मलाई केही फरक पर्दैन, तर अब तपाईँ (गृहमन्त्री) बाट आशा सकिएको छ ।’

उनको भनाइमा यो आन्दोलन कुनै राजनीतिक सौदाबाजी होइन, राष्ट्रको भविष्य सुरक्षित गर्न युवाहरूको आवाज हो। 

‘८४ को चुनाव ८२ मा सार्नका लागि यो आन्दोलन होइन,’ उनले चेतावनी दिंदै भने, ‘यदि नेपाली जनता र जेन्जीका माग सम्बोधन भएनन् भने, यसपालिको चुनाव हुन दिइने छैन ।’

गुरूङले अब जनता जागिसकेको, युवा जागिसके पनि जिकिर गरेका छन् । 
 
गुरूङको सन्देशलाई अन्तरिम सरकारप्रति युवाहरूको बढ्दो असन्तुष्टि र उत्तरदायित्वको मागको रूपमा हेरिएको छ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  १ : १० बजे

क्यान्सर उपचारमा कुनै कमी हुन दिइँदैन : स्वास्थ्यमन्त्री गौतम

काठमाडौं– स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले क्यान्सर रोगको उपचारमा सरकारले

सर्वसाधारणमाथि आक्रमण र दुर्व्यवहारले गाजाको मानवीय अवस्था गम्भीर संकटमा

गाजा– गाजाको राफाह सीमा नाका हुँदै फर्किरहेका प्यालेस्टिनीहरूमाथि दुर्व्यवहार भएको

झापा–४ मा पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै

सुरुङ्गा– हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काई

सर्वोच्चको आदेश कार्यान्वयन माग्दै विगेसोको माइतिघरमा प्रदर्शन

काठमाडौं – ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (विगेसो) ले सर्वोच्च

अमेरिका–भारत अन्तरिम व्यापार सम्झौताको घोषणा

एजेन्सी– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री