खगेन्द्र सुनारको प्रश्न : सांसदले संसदभित्रै महँगो चिया-खाजा खानुपर्ने अवस्था किन ? « Khabarhub

खगेन्द्र सुनारको प्रश्न : सांसदले संसदभित्रै महँगो चिया-खाजा खानुपर्ने अवस्था किन ?


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले संघीय संसद् परिसरमा सञ्चालित क्यान्टिन तथा होटलमा चिया-खाजाको मूल्य महँगो भएको भन्दै तत्काल नियन्त्रण गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सुनारले संसद् परिसरमा कालो चियाको एक सय, दूध चियाको दुई सय, ममको तीन सय, चाउमिनको चार सय र पाउरोटीको पाँच सय रुपैयाँसम्म पर्ने गरेको बताए ।

‘कालो चियाको एक सय रुपैयाँ, दूध हालेको चियाको दुई सय, ममको तीन सय, चाउमिनको चार सय, पाउरोटीको पाँच सय रुपैयाँ तिरेर खान सक्ने हैसियतमा अहिलेका सांसदहरू छन् कि छैनन् सभामुख महोदय ? ’ उनले प्रश्न गरे ।

केही दिनअघि ‘चिया खान जाउँ’ भन्ने विषयको अडियो संसदमा भाइरल भएको प्रसंग उल्लेख गर्दै उनले संसद् परिसरमा सर्वसाधारण तथा कर्मचारीले समेत सहज रूपमा चिया–खाजा खान सक्ने अवस्था नरहेको बताए ।

संसद् सचिवालयमा कार्यरत कर्मचारी तथा मर्यादापालकले समेत त्यहाँ गएर पानी खान सक्ने अवस्था नरहेको उनको दाबी थियो । उनले संसद् परिसरमा महँगो होटल सञ्चालन गर्न नहुने भन्दै तत्काल हटाउन सभामुखसमक्ष आग्रह गरे ।

‘नेपालगन्जमा, वीरगन्जमा, दैलेखको बजारमा चिया जति पर्छ, त्यो चिया पनि यहाँ त्यति नै मूल्यमा बिक्री हुनुपर्छ। मनपरी पैसा लिन पाइँदैन,’ सुनारले भने।

सिंहदरबारभित्र आवश्यकताभन्दा बढी होटल तथा क्यान्टिन सञ्चालन भइरहेको टिप्पणी गर्दै उनले संसद् परिसरमा सञ्चालित महँगो होटल तत्काल बन्द गरी सस्तो र सहज रूपमा चिया–खाजा उपलब्ध हुने व्यवस्था गर्न माग गरे ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  २ : ४६ बजे

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका

कांग्रेस अधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशनमा सहभागी भएका शिक्षकलाई कारबाही

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा