राहदानीको विषय समाधान उन्मुख छ : परराष्ट्र मन्त्रालय « Khabarhub

राहदानीको विषय समाधान उन्मुख छ : परराष्ट्र मन्त्रालय


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्र मन्त्रालयले हाल सेवाग्राहीको उच्च मागअनुसार राहदानी पुस्तिका केही न्यून सङ्ख्या भएपनि यो विषय समाधान उन्मुख रहेको जनाएको छ । राहदानी पुस्तिका बाहिर प्रचारमा आएजस्तो अवस्थामा नरहेको मन्त्रालयले स्पष्ट पारेको हो ।

मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग विसं २०८२ साउनमा खरिद सम्झौता गरिसकेको छ । उक्त सम्झौताअनुसार आगामी फागुन ११ गतेदेखि राहदानी सेवा सञ्चालन हुनेगरी पूर्वाधार तथा प्रणाली निर्माणसम्बन्धी कार्य तीव्र रूपमा भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, ‘हामी अहिले नयाँ आपूर्तिकर्ता र हालको आपूर्तिकर्ताबीच हुने ‘हेण्डओभर–टेकओभर’को सङ्क्रमणकालीन अवस्थामा छौँ । नयाँ खरिद सम्झौताबमोजिम नयाँ सेवा प्रदायकले आगामी फागुन ११ गतेदेखि राहदानी उत्पादन प्रारम्भ गर्ने निश्चित भएको छ ।’

विभागबाट प्रदान गरिने अत्यावश्यक राहदानी सेवा निरन्तर सञ्चालनमा रहने भएपनि अतिआवश्यक परेका आकस्मिक उपचार, तत्काल रोजगारी वा विदेशमा अप्ठ्यारोमा परेको अवस्थाका व्यक्तिले मात्र हाल राहदानीका लागि आवेदन प्रक्रिया अगाडि बढाउन मन्त्रालयले अनुरोध गरेको छ । साथै मन्त्रालयले यस्तो अवस्थामा सबैले धैर्य गरी सरकारलाई सहयोग पु¥याउन आग्रहसमेत गरेको छ ।

हालको सङ्क्रमणकालीन अवस्थामा राहदानीको अभाव नहुने व्यवस्था गर्न आवश्यक कार्य भइरहेको बताउँदै प्रवक्ता क्षेत्रीले यही कात्तिक १७ गते साँझ ५ बजेदेखि दैनिक (सार्वजनिक बिदाको अघिल्लो दिन बाहेक) एक हजार जनाको आवेदन लिने व्यवस्था मिलाइएको जानकारी दिए । यसबाट हालको अत्यावश्यक माग पूरा गर्न सकिने मन्त्रालयको अपेक्षा छ । 

मन्त्रालयले आगामी फागुन ११ गतेदेखि राहदानी सेवा पूर्ण रूपमा सञ्चालन हुने भएकाले हालको सङ्क्रमणकालीन अवस्थामा अत्यावश्यक भएमात्र आवेदन दिन सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ३ : १० बजे

क्यान्सर उपचारमा कुनै कमी हुन दिइँदैन : स्वास्थ्यमन्त्री गौतम

काठमाडौं– स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले क्यान्सर रोगको उपचारमा सरकारले

सर्वसाधारणमाथि आक्रमण र दुर्व्यवहारले गाजाको मानवीय अवस्था गम्भीर संकटमा

गाजा– गाजाको राफाह सीमा नाका हुँदै फर्किरहेका प्यालेस्टिनीहरूमाथि दुर्व्यवहार भएको

झापा–४ मा पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै

सुरुङ्गा– हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काई

सर्वोच्चको आदेश कार्यान्वयन माग्दै विगेसोको माइतिघरमा प्रदर्शन

काठमाडौं – ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (विगेसो) ले सर्वोच्च

अमेरिका–भारत अन्तरिम व्यापार सम्झौताको घोषणा

एजेन्सी– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री