बालेनविरुद्ध तीनवटा कसुरमा जाहेरी, राहदानी रोक्का राख्न र पक्राउ गर्न माग | Khabarhub Khabarhub

बालेनविरुद्ध तीनवटा कसुरमा जाहेरी, राहदानी रोक्का राख्न र पक्राउ गर्न माग


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध साइबर ब्यूरोमा जाहेरी दर्ता गराएको छ ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङले बिहीबार उक्त जाहेरी साइबर ब्यूरोमा दर्ता गराएका हुन् ।

जाहेरीमा गुरुङले नगरप्रमुख साहले आफ्नो व्यक्तिगत फेसबुक आईडी ‘बालेन’बाट विदेशी राष्ट्र, भिन्न राजनीतिक दल र सार्वजनिक पदमा रहेका व्यक्तिहरूलाई आपत्तिजनक शब्द र गाली गरी सार्वजनिक शान्ति बिगार्ने काम गरेको उल्लेख छ।

बालेनले उक्त फेसबुक पोस्टबाट सामाजिक भाइचारा बिगार्ने सन्देश दिएको उल्लेख गरिएको छ। जाहेरीमा बालेनको उक्त पोस्टमा समावेश केही शब्दावलीमा आपत्तिजनक राखेको जाहेरीमा भनिएको छ ।

आपत्तिजनक ती अभिव्यक्तिका स्क्रिनसट पनि पेश गरिएको छ । ती पोस्टका स्क्रिनसटहरू पनि प्रमाणसहित संलग्न गरेर जाहेरी दिइएको गुरुङले बताए ।

जाहेरीमा कसुरको प्रकारको रूपमा सार्वजनिक शान्ति विरुद्धको कसुर, गाली बेइजतीसम्बन्धी कसुर र साइबर अपराधसम्बन्धी कसुर उल्लेख गरिएको छ।

गुरुङले सार्वजनिक पदमा बस्ने व्यक्तिले विदेशी देश र राजनीतिक दलप्रति अपमानजनक अभिव्यक्तिहरू गरेपछि देशको सामाजिक सम्बन्ध र मान-सम्मानमा असर पर्ने भनिएको छ ।

त्यहीकारण बालेनमाथि कडाभन्दा कडा कारबाही हुने गरी अनुसन्धान गरी पक्राउ गर्न भनिएको छ। युवा संघले बालेनको राहदानी रोक्का राख्न पनि माग गरेको छ । त्यसैगरी प्रमाण नष्ट हुन नदिन उनलाई कारबाही चलाउन पनि भनिएको छ ।

जाहेरीमा प्रयोग भएको प्रमाणका रूपमा फेसबुक स्टाटसका स्क्रिनसट, त्यसबारेका प्रकाशित समाचार तथा मिडियामा आएका सामग्रीहरू समावेश गरिएको छ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ४ : ०८ बजे

नेपाली सेनाले मनायो संयुक्त राष्ट्रसङ्घको स्थापना दिवस

काठमाडौं- नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको स्थापना दिवस विशेष कार्यक्रम आयोजना

राष्ट्रपति पौडेल कतारबाट स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट स्वदेश फिर्ता भएका

मुग्लिन-नारायणगढ खण्डमा सुख्खा पहिरो, एकतर्फी सवारी सञ्चालन

काठमाडौं– मुग्लिन-नारायणगढ सडक खण्डको जलवीरे नजिकै नारायणगढतर्फ सुख्खा पहिरो खसेको

ओलीको आरोप- देशलाई छाडा ढंगले चलाउन यो सरकारले संसद् भंग गर्‍यो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई छाडा ढंगले

चन्द्र ढकालले खोलेका थिए बेलायतमा ‘सनबर्ड कम्प्युटर कन्सल्ट्यान्ट’

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष