निर्माता विनोदलाई ‘अभिमन्यु’ रिलिज गर्नै सकस, चार पटक सारेर अब पुगे मंसिर १८ « Khabarhub

निर्माता विनोदलाई ‘अभिमन्यु’ रिलिज गर्नै सकस, चार पटक सारेर अब पुगे मंसिर १८


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सेभेन सिज सिनेमाका सञ्चालक तथा ‘पूर्णबहादुरका सारङ्गी’का निर्माता मध्येका एक विनोद पौडेललाई दोस्रो फिल्म ‘अभिमन्यु : च्याप्टर वान’ प्रदर्शनमा ल्याउनै सकस भएको छ ।

अहिलेसम्म यो फिल्मको पाँच पटक प्रदर्शन मिति तोकिएको छ । विनोदले अहिले नयाँ प्रदर्शन मिति मंसिर १८ लाई तोकेका छन् । यो फिल्मको प्रदर्शन मिति चार पटक परिवर्तन भयो ।

पहिला यसको प्रदर्शन मिति भदौ २७ लाई तोकिएको थियो । जेन-जी आन्दोलनका कारण उक्त प्रदर्शन मिति प्रभावित भएपछि यो फिल्मको प्रदर्शन मिति असोज १३ फूलपातीलाई तोकिएको थियो ।

हलले शो बाँडफाँटमा समस्या हुने भनेको कारण देखाइ निर्माता पौडेलले यसको नयाँ प्रदर्शन मिति असोज २४ तोकेका थिए । दशैँ लगत्तै भएको वर्षाका कारण देखाएर पौडेलले उक्त मितिमा पनि फिल्म प्रदर्शनमा ल्याएनन् ।

त्यसपछि यसको प्रदर्शन मिति कात्तिक २१ लाई तोकिएको थियो । उक्त मितिमा ‘जारी २’ र ‘मन बिनाको धन’ले प्रदर्शन मिति तोकेका थिए । यहाँ पनि शो बाँडफाँटमा समस्या हुने हलले भनको भन्दै फिल्म प्रदर्शन स्थगित गरेको पौडेलको भनाइ छ ।

फेरि यसको प्रदर्शन मिति बुधबार मंसिर १८ लाई तोकिएको हो । नयाँ प्रदर्शन मिति तोक्दै पौडेलले फेसबुकमा लेखेका छन्, ‘कहिले के त कहिले के । अनेक कारणले हाम्रो चलचित्र चक्रब्यूमा फस्यो ।’

धेरै पटक प्रदर्शन मिति परिवर्तन भएकाले अब पनि यो फिल्म मंसिरमै प्रदर्शनमा आउनेमा शंका गर्ने स्थान भेटिएको छ । तर, दर्शकसँग यो पटक पनि विगत नदोहोरियोस् भनेर कामना गर्नुको विकल्प छैन ।

यस फिल्ममा नायक कामेश्वर चौरासिया र नायिकाहरु लक्ष्मी बर्देवा, सरिता गिरी र गौमाया गुरुङ शीर्ष भूमिकामा रहेको बताइएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ५ : २० बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा