लिङ्देनलाई राणाको पत्र : १२ बुँदेको औचित्य सकियो, अब हिन्दु अधिराज्य र राजा फर्काउन लागौँ « Khabarhub

लिङ्देनलाई राणाको पत्र : १२ बुँदेको औचित्य सकियो, अब हिन्दु अधिराज्य र राजा फर्काउन लागौँ


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशम्सेर राणाले पार्टी सुधारका विभिन्न मागसहित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बिहीबार पत्र बुझाएका छन् ।

राणाले पार्टी नेतृत्वको कार्यशैली र हालको राजनीतिक दिशा–निर्देशनबारे असन्तुष्टि जनाउँदै अध्यक्षलाई विस्तृत पत्र बुझाएका हुन्।

बुधबारको मितिमा बुझाइएको उक्त पत्रमा उनले पार्टीभित्रको निर्णय प्रक्रिया, संगठन सञ्चालन र हालको राष्ट्रिय परिस्थितिमा राप्रपाको भूमिकाबारे गम्भीर प्रश्न उठाएका छन्।

डा. राणाले पत्रमा लेखेका छन्, ‘विगतका गल्ती कमजोरी सच्याएर अघि बढ्नुको विकल्प छैन। संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य पुनर्स्थापनाका लागि आवश्यक परे आन्दोलन गर्न पछि हट्न हुँदैन।’

उनले २०६२ साल मंसिरको १२ बुँदे सहमतिको राजनीतिक औचित्य समाप्त भइसकेको भन्दै हालको संविधानले जनअपेक्षा पूरा गर्न नसकेको टिप्पणी गरेका छन्। ‘जेन-जी आन्दोलनको भावना सम्बोधन गर्न संविधान संशोधन वा पुनर्लेखन आवश्यक छ,’ उनले लेखेका छन्।

राणाले अध्यक्षप्रति लक्षित गर्दै पार्टीमा एक व्यक्तिको नियन्त्रण बढ्दै गएको र निर्णय प्रक्रिया सामूहिक नबन्दै गएको आरोप लगाएका छन्।

उनले पार्टीभित्र उपाध्यक्ष मुकुन्दश्याम गिरीलगायत नेताहरूलाई स्पष्टीकरणको अवसर नदिई विधानविपरीत जिम्मेवारीबाट मुक्त गरिनु, स्वेच्छाचारी प्रवृत्तिको परिचायक भनेका छन् ।

पत्रमा उनले केन्द्रदेखि जिल्लासम्मको अधिवेशन प्रक्रियामा नेतृत्वले हस्तक्षेप गरेको, मनपरी निष्कासन र अनुशासनका कारबाही गरिँ पार्टीभित्र निराशा र असन्तोष बढाएको बताएका छन्।

उनले जुम्ला र उदयपुरका विवादलाई उदाहरण दिँदै ‘विधि र प्रजातान्त्रिक मान्यता विपरीतको कुनै पनि विचलन जीवन्त पार्टीका लागि घातक’ हुने चेतावनी दिएका छन्।

डा. राणाका चार बुँदे माग

१. महाधिवेशनको मिति तत्काल तोक्ने,
२. विधानविपरीत भएका निलम्बन र निष्कासन फिर्ता गर्ने,
३. निष्पक्ष निर्वाचन समिति र पर्यवेक्षक टोली पुनर्गठन गर्ने,
४. दुई पूर्वअध्यक्षसहित विवाद समाधान समिति गठन गर्ने।

उनले पत्रमा भनेका छन्, ‘हामी राप्रपाका कुनै व्यक्तित्वका भजनमण्डली होइनौं। राष्ट्रियता, प्रजातन्त्र र उदारवादमा आस्था राख्ने कार्यकर्ताका रूपमा संस्थागत सुधार हाम्रो अधिकार हो।’

डा. राणाले पार्टी नेतृत्वले समयमै सुधारका कदम नचाले राप्रपाको विश्वसनीयता र अस्तित्व दुवैमा असर पर्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ४ : १७ बजे

भेपमा सुन तस्करी : पूर्वसभामुख महरा र छोरा राहुल मुख्य योजनाकार, कर्मचारीदेखि व्यापारीसम्मलाई मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर

भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना

काठमाडौं– विस्केट जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारी 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

कांग्रेस संसदीय दलको नेता आङ्देम्बे कि आचार्य ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनसँगै प्रतिनिधि सभाले पाँच

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर– प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित