प्रधानमन्त्री कार्कीको औकातमा प्रश्न उठाएपछि सामाजिक सञ्जालमा रामकुमारी झाँक्रीको उछितो | Khabarhub Khabarhub

प्रधानमन्त्री कार्कीको औकातमा प्रश्न उठाएपछि सामाजिक सञ्जालमा रामकुमारी झाँक्रीको उछितो


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार टीकाराम यात्रीसँगको अन्तर्वार्तामा पूर्वमन्त्री रामकुमारी झाँक्रीले प्रधानमन्त्री सुशीला कार्कीको पूर्वप्रधानमन्त्री केपी ओलीसँग कुरा गर्ने औकात नभएको बताएकी छिन् । उनले अन्तर्वार्तामा भनेकी छिन्, ‘गौरीबहादुर कार्कीलाई केपी ओलीले बयान दिनुहोला ? त्यो त टिकाराम यात्रीले पनि दिनुहुन्न, मैले त परको कुरा । फेरि सुशीला कार्कीलाई भेट्न केपी ओली जानुहोला ? 

कान्तिपुरको अन्तर्वार्तामार्फत केपी ओलीले बालकोट भेट्न आउन भन्नुभएको छ भन्ने यात्रीका प्रश्नको उत्तर दिँदै झाँक्रीले भनेकी छिन्, ‘आफ्नो डढेको घरमा बोलाउनुभयो । यही खरानीमा तिमी प्रधानमन्त्री भएको हो । आऊ भनेर सिम्बोलिक हिसाबले दिएको हो । ओलीले यो आयोगलाई बयान देला ? र सुशीला कार्कीलाई भेट्न जाला र ? अनि सुशीला कार्कीको औकात होला यी मान्छेहरूलाई बोलाएर कुरा गर्ने ? 

विद्यार्थी पृष्ठभूमिबाट पार्टी राजनीतिमा आएकी झाँक्री जल्दाबल्दा विषयमा मुखर भएर आफ्नो धारणा राख्छिन् । राजाको निरंकुश शासन सुरु भएसँगै उनी निरंकुशताविरुद्धको आन्दोलनमा जोडिएकी थिइन् । २०६२÷०६३ सालको जनआन्दोलनमा विद्यार्थी नेताको रूपमा झाँक्री अग्र मोर्चामा उभिएकी हुन् ।

त्यसपछि उनी अनेरास्ववियूको पहिलो महिला अध्यक्ष बनिन् । ०७१ सालमा भएको नवौं महाधिवेशनमा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएकी झाँक्री प्रतिनिधिसभा चुनावपछि समानुपातिक कोटाबाट ०७४ मा सांसद बनिन् ।

झाँक्रीको विगत देखिको इतिहास हेर्ने हो भने उनको राजनीतिक यात्रा ‘विद्रोही’ नै छ । ०७७ पुस ५ मा पहिलो पटक तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए । माघ १६ गते गोरखाको सिरान चोकमा भएको कार्यक्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा बोलिन् ।

ओलीका एकपछि अर्को कदमलाई आँखा चिम्लेर साथ दिने राष्ट्रपतिको कदमप्रति आपत्ति जनाउँदै उनले भनेकी थिइन् ‘राष्ट्रपतिको कुरा त के गर्नु ? म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु निर्वाचनको तयारीका लागि सुख सुविधा ऐस आराम छाडेर शितल निवास छाडेर पहिला कोटेश्वरमा आउनुहोस्, चाबहिल कि कता बानेश्वतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ ।’

त्यस्तै, केही समयअघि उनको एउटा अडियो सार्वजनिक भएको थियो । जुन अडियोमा भोजराज सरलाई ‘खुट्टा भाँच्ने धम्की’ दिएकी थिइन् ।

एमालेबाट फुटेर समाजवादी पार्टी दर्ता गर्न वरिष्ठ नेता माधव नेपाललाई हात समातेर निर्वाचन आयोग लिएर गएको घटना निकै चर्चित थियो । अहिले नेपाल माओवादीसँग एकता गर्न गएपछि झाँक्री पुन पुरानै दलमा फर्किएकी छिन् । त्यसकारण पनि उनलाई ओलीको भजन गाउन आवश्यक परेको धेरैले टिप्पणी गरेका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य खुश्बू ओली लेख्छिन्, ‘साँच्चै कति घमन्ड, देशको प्रधानमन्त्रीलाई यति अपमान गर्ने मान्छेले, अरूलाई राजनैतिक संस्कार कसरी सिकाउनुहुन्छ, रामकुमारी झाँक्री जी ? भोलि तपाईँ त्यो पदमा पुग्नुभयो भने, आफ्नो औकात त्यही हो भनेर अहिले नै तय गरिसक्नुभएको हो ? यहाँनिर स्मरण गराउन चाहेँ, तपाईँले पूर्व राष्ट्रपति विद्या भण्डारीको पनि त यसैगरी मानमर्दन गर्नुभएको थियो नि, होइन ? रामकुमारी झाँक्रीले प्रधानमन्त्री सुशीला कार्कीप्रति ‘औकात छैन’ भन्ने अभिव्यक्ति केवल व्यक्तिगत अपमान होइन, देशको राजनीतिक चेतना र संस्कृतिको पतनको स्पष्ट संकेत हो ।’ 

सुशीला कार्कीप्रति औकातको प्रश्न उठाउनेहरूले आफ्नो सोच र संस्कारको गहिराइ स्वयं उजागर गरेका छन् । नेपालकी पहिलो महिला प्रधानमन्त्री र पहिलो महिला प्रधान न्यायाधीशप्रति प्रयोग गरिएको यस्तो अपमानजनक भाषा महिला मात्र होइन, लोकतान्त्रिक मूल्य, राजनीतिक मर्यादा र सभ्य संवादको मान्यतामाथिको प्रहार हो ।

विचारमा असहमत हुन सकिन्छ तर संस्कारमा गिरावट कहिल्यै स्वीकार्य हुँदैन । राजनीति विचार र दृष्टिकोणको युद्ध हो । व्यक्तिगत आक्रमण र चरित्रहत्याको मैदान होइन । तपाईँहरूको अहङ्कार र असंयमित वाणीले राष्ट्रको राजनीतिक स्तरलाई कमजोर बनाउँदै छ । 

प्रधानमन्त्री सुशीला कार्कीलाई ‘औकात छैन’ भन्नु घमण्डको चरम प्रदर्शन र लोकतान्त्रिक चेतनाको अपमान हो । आज देशमा पात्रभन्दा पनि संस्कार र मूल्यको लडाइँ चलिरहेको छ र हामी अडानका साथ संस्कार र मर्यादाको पक्षमा छौँ ।’

उनको स्टाटसमा महिला अधिकारकर्मी अमृता लम्सालले पनि समर्थन जनाउँदै सेयर गरेकी छिन् । त्यसै गरी पत्रकार अञ्जलि सुवेदी लेख्छिन्, ‘ रामकुमारी झाँक्रीको बाहिरी अवतार जेजस्तो देखिए पनि अन्तर्य चाहिँ अहङ्कार र गुलामी ( रेअर कम्बिनेसन) नै हो जस्तो देखियो । पछिल्लो  अभिव्यक्ति, यत्तिकै आउन सक्दैन ।’

अर्का रोशन सिवाकोटी लेख्छन्, ‘राम कुमारीलाई अब खड्ग प्रसादको चाकडी गर्नुपर्ने बाध्यता छ । यिनी मिडियाले बनाइदिएकी नेत्री हुन् । यिनको आफ्नै क्षमता र औकात प्रहरीलाई ढुंगा हान्नेसम्म मात्र हो  । ६ महिने मन्त्री छोड्दा सार्वजनिक रूपमै ग्वाग्वा गरेर रुने कराउने, आशुको बलिन्द्र धारा बर्साउने गणतन्त्रकी आइकोन रामकुमारी ।’

केशव सापकोटा लेख्छन्, ‘राज्यलाई हुर्मत लिएकी हुन केपी ओली राज्यको संयन्त्र मान्दिन भन्ने प्रधानमन्त्री भैसकेका नेताले राज्यले गठन गरेको आयोगलाई बयान दिन्न मान्दिन भनेर भाषण गर्दै हिँड्ने सरकारले टुलुटुलु हेरी सुनी बस्ने के हुँदैछ यो देशमा बुझ्न गारो भयो ।’

सुमन सलामी मगर लेख्छन्, ‘राज्यलाई हुर्मत लिएकी हुन केपी ओली राज्यको संयन्त्र मान्दिन भन्ने प्रधानमन्त्री भैसकेका नेताले राज्यले गठन गरेको आयोगलाई बयान दिन्न मान्दिन भनेर भाषण गर्दै हिँड्ने सरकारले टुलुटुलु हेरी सुनी बस्ने के हुदैछ यो देशमा बुझ्न गारो भयो ।’

उदय प्रधान लेख्छन्, ‘यो ढुंगा हानेर रेलिंग भाँचेर राजनीति आएकाहरूको बौद्धिकता एकदमै निम्न स्तरको हुन्छन् । भाषण त्यो पनि चुग्ली काट्ने स्तरको दिन आएको भरमा राजनीति गरेका हुन् । समाजसेवा र देश बनाउने यिनीहरूको न त हैसियत नै छ न त सोच । 

भाषण गर्न सक्ने कलालाई नै राजनीतिज्ञ नामकरण गरेका मात्र हुन् । यो झाँक्रीमात्र हैन अधिकांश नेताहरूको हैसियत उस्तै हो । पदका लागि लम्पसार चरित्रका यी नेतालाई नेपालीहरूको प्रधानमन्त्री सुशीला कार्कीको निर्णय यिनीहरूलाई बिजी राखेको छ । भाग खान आएकी भनेर । यिनीहरूको भविष्य फुटपाथ बास हुनेवाला छ भविष्यमा ।’

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ४ : १८ बजे

जिल्ला समन्वय समिति अछाममा डेढ महिनादेखि तालाबन्दी

अछाम- जिल्ला समन्वय समितिको कार्यालय अछाममा डेढ महिनादेखि तालाबन्दी गरिएको

नेपाली सेनाले मनायो संयुक्त राष्ट्रसङ्घको स्थापना दिवस

काठमाडौं- नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको स्थापना दिवस विशेष कार्यक्रम आयोजना

राष्ट्रपति पौडेल कतारबाट स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट स्वदेश फिर्ता भएका

मुग्लिन-नारायणगढ खण्डमा सुख्खा पहिरो, एकतर्फी सवारी सञ्चालन

काठमाडौं– मुग्लिन-नारायणगढ सडक खण्डको जलवीरे नजिकै नारायणगढतर्फ सुख्खा पहिरो खसेको

ओलीको आरोप- देशलाई छाडा ढंगले चलाउन यो सरकारले संसद् भंग गर्‍यो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई छाडा ढंगले