नैनसिंहले कांग्रेस बैठकमा उठाए ‘एक व्यक्ति, एक पद’ र युवा सहभागितको मुद्दा « Khabarhub

नैनसिंहले कांग्रेस बैठकमा उठाए ‘एक व्यक्ति, एक पद’ र युवा सहभागितको मुद्दा


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले जारी केन्द्रीय कार्यसमिति बैठकमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै हालको अवस्था, जेन-जी आन्दोलन र पार्टी सुधारका एजेन्डा उठाएका छन्।

उनले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा ‘गतिशील कांग्रेस : समृद्ध देश’ शीर्षकको विस्तृत राजनीतिक प्रस्ताव राखेका हुन्।

महरले प्रस्तावमा जेन-जी आन्दोलनलाई केवल असन्तोषको अभिव्यक्ति नभई ‘राजनीतिक शुद्धता र उत्तरदायित्वको नैतिक आह्वान’ भएको बताएका छन्। उनले कांग्रेसले युवापुस्ताको भावना बुझ्न ढिलाइ गरेकाले जनविश्वासमा असर पारेको टिप्पणी गरे।

प्रस्तावमा उनले आर्थिक संकट, लगानी पलायन, बेरोजगारी र भूराजनीतिक असन्तुलनलाई देशको प्रमुख चुनौती बताउँदै सुशासन, पारदर्शिता र संरचनात्मक सुधारमा जोड दिएका छन्।

महरले पार्टीभित्र ‘एक व्यक्ति, एक पद’, पारदर्शी आर्थिक विवरण, आन्तरिक अनुसन्धान र युवा सहभागिता अनिवार्य बनाउन माग गरेका छन्। उनले १५ औं महासमितिभन्दा अघि आन्तरिक मूल्यांकन र संगठन पुनःसंरचनाका ठोस कदम चाल्न सुझाव दिएका छन्।

महरले लोकतान्त्रिक मूल्य, संस्थागत सुधार र पार्टी पुनर्जागरण बिना कांग्रेसले नयाँ पुस्ताको विश्वास पुनःस्थापना गर्न नसक्ने जिकिर गरेका छन् । बैठकमा महरको प्रस्तावलाई कार्यपत्रका रूपमा छलफलका लागि पेश गरिएको छ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ४ : ३७ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने