नैनसिंहले कांग्रेस बैठकमा उठाए ‘एक व्यक्ति, एक पद’ र युवा सहभागितको मुद्दा « Khabarhub

नैनसिंहले कांग्रेस बैठकमा उठाए ‘एक व्यक्ति, एक पद’ र युवा सहभागितको मुद्दा


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले जारी केन्द्रीय कार्यसमिति बैठकमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै हालको अवस्था, जेन-जी आन्दोलन र पार्टी सुधारका एजेन्डा उठाएका छन्।

उनले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा ‘गतिशील कांग्रेस : समृद्ध देश’ शीर्षकको विस्तृत राजनीतिक प्रस्ताव राखेका हुन्।

महरले प्रस्तावमा जेन-जी आन्दोलनलाई केवल असन्तोषको अभिव्यक्ति नभई ‘राजनीतिक शुद्धता र उत्तरदायित्वको नैतिक आह्वान’ भएको बताएका छन्। उनले कांग्रेसले युवापुस्ताको भावना बुझ्न ढिलाइ गरेकाले जनविश्वासमा असर पारेको टिप्पणी गरे।

प्रस्तावमा उनले आर्थिक संकट, लगानी पलायन, बेरोजगारी र भूराजनीतिक असन्तुलनलाई देशको प्रमुख चुनौती बताउँदै सुशासन, पारदर्शिता र संरचनात्मक सुधारमा जोड दिएका छन्।

महरले पार्टीभित्र ‘एक व्यक्ति, एक पद’, पारदर्शी आर्थिक विवरण, आन्तरिक अनुसन्धान र युवा सहभागिता अनिवार्य बनाउन माग गरेका छन्। उनले १५ औं महासमितिभन्दा अघि आन्तरिक मूल्यांकन र संगठन पुनःसंरचनाका ठोस कदम चाल्न सुझाव दिएका छन्।

महरले लोकतान्त्रिक मूल्य, संस्थागत सुधार र पार्टी पुनर्जागरण बिना कांग्रेसले नयाँ पुस्ताको विश्वास पुनःस्थापना गर्न नसक्ने जिकिर गरेका छन् । बैठकमा महरको प्रस्तावलाई कार्यपत्रका रूपमा छलफलका लागि पेश गरिएको छ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ४ : ३७ बजे

बालबालिकालाई डरमुक्त गराउने मजिपा लाखे

काठमाडौँ – रातो अनुहार, अग्लो कपाल, डर लाग्दो स्वरूप र

अर्थमन्त्री वाग्लेको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडाैँ – नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।