जेन-जी समूहलाई बाबुराम भट्टराईको सुझाव- आन्दोलनलाई संस्थागत गर्नू « Khabarhub

जेन-जी समूहलाई बाबुराम भट्टराईको सुझाव- आन्दोलनलाई संस्थागत गर्नू


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जेन-जी आन्दोलनलाई संस्थागत गर्न जेन-जी समूहका प्रतिनिधिहरूलाई सुझाव दिएका छन् ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र जेन-जी समूहबीच आज यहाँ भएको राजनीतिक संवादमा पार्टीका संस्थापक अध्यक्षसमेत रहेका डा भट्टराईले जेन-जी आन्दोलन नयाँ पुस्ताको समग्र आवाज रहेको बताउँदै यसलाई वर्तमान सरकारले संस्थागत गर्नुपर्नेमा जोड दिए। 

‘यो रुपान्तरीत आन्दोलनलाई संस्थागत गर्न औपचारिक रूपमा सरकारसँग लिखित सम्झौता गर्ने तर्फ जोड दिनुहोस्’, उनले भने, ‘संस्थागत गर्नुभएन भने यो ऐतिहासिक आन्दोलन बिलाएर जाने खतरा छ ।’

साथै उनले जेन-जीका विभिन्न प्रश्नको जवाफ दिएका थिए । पहिलो चरणको संविधान लेखन विफल भएको र दोस्रो चरणका संविधान लेखनमा आफ्नो पार्टीको शक्ति कमजोर भएकाले संविधान अपुरो भएको उनको भनाइ थियो । उनले भने, ‘अब यो अपुरो संविधानलाई पुरा गर्ने काम जेन-जीको हो ।’

पार्टीका संयोजक दुर्गा सोबले विगतमा पार्टीले समाज सुहाउँदो मुद्दामा विचार विमर्श गर्दै आएको बताउँदै अब जेन-जी आन्दोलनले देखाएको रूपान्तरणकारी मार्गमासमेत सहकार्य गरेर वैकल्पिक राजनीतिक शक्तिको रूपमा देखापर्ने बताए। 

कार्यक्रममा सान्तेन राई, प्रभात लाभ, अर्णव चौधरी, विकास रसाइली, अमित खनाल ऊर्जा, प्रदिप पाण्डे, माजिद अन्सारीलगायतका जेन-जी समूहका अगुवाले आफ्ना धारणा राखेका थिए ।
 

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ४ : ५६ बजे

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

काठमाडौँ – अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय रोबर्ट हल र