मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस : सर्वज्ञ, स्वर्णिमा र निम्ति च्याम्पियन « Khabarhub

मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस : सर्वज्ञ, स्वर्णिमा र निम्ति च्याम्पियन


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वज्ञजंग खत्री, स्वर्णिमा श्रेष्ठ र निम्ति कुँवरले होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । सिंगल्सको यु–८ ब्वाइजमा सर्वज्ञ र गल्र्समा स्वर्णिमा तथा यु–१० गल्र्समा निम्ति पहिलो भएका हुन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा सर्वज्ञले गगन श्रेष्ठलाई १०–७ र १०–७, स्वर्णिमाले वाणी राजभण्डारीलाई १०–६ र १०–७ तथा निम्तिले रजिशा जोशीलाई ६–१ र ६–४ को सोझो सेटमा पराजित गरे ।

नेपाल टेनिस संघको सहयोगमा होटल मिस्टिक माउन्टेनद्वारा आयोजित प्रतियोगितामा महिला सिंगल्सको उपाधिका लागि शिभाली गुरुङ र स्वस्तिका विष्ट भिड्ने भएका छन् । शिभालीले सुनिरा थापालाई ६–२ र ६–० तथा स्वस्तिकाले प्रकृति श्रेष्ठलाई सीधा सेटमा ६–० र ६–२ ले हराए ।

पुरुष सिंगल्समा प्रदीप खड्काले आयुशमान हजुर घलेलाई ६–३ र ६–१, प्रणव मानन्धरले निहालजंगबहादुर थापालाई ६–० र ६–४, निसान श्रेष्ठले सक्षमविक्रम शाहलाई ६–२ र ६–० तथा राजवीर प्रधानले छेवाङ लामालाई ६–० र २–० (रिटायर्ड हर्ट) ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

यु–९ ब्वाइज सिंगल्समा कायान चालिसेले सोनाम घलेलाई ४–२ र ४–० तथा सर्वज्ञले आयान पन्तलाई ४–० र ४–० ले पन्छ्याउदै फाइनलमा पुगे । सो स्पर्धाको गल्र्समा निम्ति कुँवरले साहारा कायश्थलाई ४–० र ४–२ तथा अमिरा गुप्ताले हीरादेवी घलेलाई ४–० र ४–० ले पराजित गरी फाइनलमा स्थान सुरक्षित गरे ।

यु–१६ ब्वाइज सिंगल्समा असभसम्राट हाडाले सुरेन्द्र विकलाई ६–२ र ६–० तथा दर्शिल श्रेष्ठले साङ्गे रोकायालाई ६–३ र ६–० ले हराउदै फाइनलमा स्थान बनाए । यु–१० ब्वाइज सिंगल्समा कायान चालिसेले भिरल अग्रवालको चुनौती ६–२ र ६–४ ले समाप्त पार्दै फाइनल यात्रा तय गरे ।

यु–१२ ब्वाइज सिंगल्समा वेदान्त चालिसे, आरित मल्ल, सभ्यजंग कार्की र विश्वविशेष डल्लाकोटी सेमिफाइनलमा पुगे । सोही स्पर्धाको गल्र्समा सरा पन्तले स्वराह थापालाई ७–५, ६–७ र ६–३ तथा नाइरा घलेले अनुश्री ध्वजुलाई ६–३ र ६–४ ले हराउदै फाइनलमा पुगेका छन् ।

यु–१४ ब्वाइज सिंगल्समा साङ्गे रोका, आरित मल्ल, वेदान्त चालिसे र युभेनमान श्रेष्ठ सेमिफाइनलमा प्रवेश गरे । उक्त स्पर्धाको गल्र्समा स्वराह थापा, इरा खत्री, आयुशा जिसी र सरा पन्तले आ–आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै सेमिफाइनलमा स्थान पक्का गरे ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ६ : ३२ बजे

नेपाल प्रहरीद्वारा मङ्सिरमा ४० करोड राजस्व संकलन

काठमाडौं– नेपाल प्रहरीले चालू आर्थिक वर्ष २०८२-८३ को मङ्सिर महिनामा

महारानीथान-छाप-डाडाखेत-ठुलोखोला सडकको टुनीखर्क क्षेत्रमा स्तरोन्नति

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारबाट पश्चिमी क्षेत्रका तीन वटा स्थानीय

ट्रमा सेन्टरको प्रमुख मेसुमा डा. मरासिनी नियुक्त 

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिक सुपरिटेण्डेण्टमा डा. रुद्र मरासिनी

माग्दे गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्न दूधमा १० अनुदान दिने 

दमौली– माग्दे गाउँपालिकाले दुग्ध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले

सञ्चारमन्त्री खरेलले भने- राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ

गण्डकी– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिमा आमूल परिवर्तन