जाँचबुझ आयोगलाई आईजीपी खापुङले बुझाए स्पष्टीकरण « Khabarhub

जाँचबुझ आयोगलाई आईजीपी खापुङले बुझाए स्पष्टीकरण


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीका आईजीपी चन्द्रकुबेर खापुङले सरकारले गठन गरेको जाँचबुझ आयोगसमक्ष स्पष्टीकरण पत्र बुझाएका छन्।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा खटिएका प्रहरी अधिकारीको विवरण मागेको आयोगलाई आईजीपीले जवानदेखि आईजीपीसम्म सबै फिल्डमा खटिएको जवाफ दिएका थिए।

त्यसपछि आयोगले प्रहरीले आयोगलाई सहयोग नगरको आरोप लगाउँदै बिहीबार खापुङलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो।

आईजीपीले आज शुक्रबार आयोगसमक्ष स्पष्टीकरण बुझाएको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार अहिले भने आयोगले मागेअनुसारका विवरण पनि प्रहरीले पठाएको छ।
जेनजी आन्दोलनको घटनाबारे आयोगले बिहीबारदेखि बयान लिन थालेको छ। बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिएको थियो। भदौ २४ गते नक्खु कारागारबाट बाहिरिएका लामिछानेलाई आयोगले बाहिरिनुको कारणसहितबारे ६ घण्टा बढी बयान लिएको थियो। प्रहरीले प्रहरी अधिकारीसँग पनि बयान लिँदैछ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ९ : २७ बजे

भेपमा सुन तस्करी : पूर्वसभामुख महरा र छोरा राहुल मुख्य योजनाकार, कर्मचारीदेखि व्यापारीसम्मलाई मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर

भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना

काठमाडौं– विस्केट जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारी 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

कांग्रेस संसदीय दलको नेता आङ्देम्बे कि आचार्य ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनसँगै प्रतिनिधि सभाले पाँच

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर– प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित