गायिका अञ्जना गुरुङलाई ‘स्वरमाधुरी’ मिलाप सम्मान | Khabarhub Khabarhub

गायिका अञ्जना गुरुङलाई ‘स्वरमाधुरी’ मिलाप सम्मान


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वरिष्ठ गायिका अञ्जना गुरुङलाई ‘स्वरमाधुरी’ मिलाप सम्मान अर्पण गरिएको छ । बुधबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच उनलाई मिलाप मासिकको कात्तिक अंकको कभर सम्मान अर्पण गरिएको हो ।

कार्यक्रमका सभापति मिलाप मासिकका सम्पादक कृष्ण भुसाल, प्रमुख अतिथि महाकाव्यकार खेमनाथ दाहाल, विशेष अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, वरिष्ठ गायक तथा संगीतकार कन्हैया सिंह, अंग्रज पत्रकार सानु श्रेष्ठ, मिलाप फाउण्डेशन अध्यक्ष गीता अधिकारी, टीका गोपाल एम क्रियशन अध्यक्ष गीता, सिंह, पत्रकार किशन अर्याल, अनुप सिंहलगायतको आतिथ्यतामा उक्त कभर सम्मान अर्पण गरिएको थियो ।

समारोहमा स्वागत मन्तव्य राख्दै गीता अधिकारीले मिलापले निरन्तर १६ वर्षदेखि मासिक पत्रिका प्रकाशन गर्दै आएको बताउँदै यसले अन्य पुस्तक पनि प्रकाशन गरेको जानकारी दिइन् । कार्यक्रममाथि प्रकाश पार्दै कृष्ण भुसालले मिलापले १५० जति अंक वशेष व्यक्ति र समसामयिक विषयमा प्रकाशन गरेको बताउँदै अञ्जना गुरुङलाई कात्तिक अंकमा ‘स्वरमाधुरी’ कभर स्टोरी तयार पारेको बताए। उनले समाजका आर्थिक, राजनीतिसँगै भाषा, साहित्य, कला संस्कृतिलाई मिलापमा विशेष स्थान दिँदै आएको जानकारी गराउँदै पछिल्लो अंक अन्य सामग्रीसँगै वरिष्ठ गायिका अञ्जना गुरुङका विषयमा विशेष प्रकाशन गरिएको बताए ।

गायक तथा संगीतकार कन्हैया सिंहले अञ्जनाको गायनलाई मिलापले प्राथमिकता दिएर यो सम्मान व्यक्त गरेकोमा बधाई तथा शुभकामना व्यक्त गरे । यस्तै गायिका गुरुङले चितवनको जन्म र नेपालगञ्जको बसाइसँगै काठमाडौं र हालको अमेरिकामा बसाईमा आफू निरन्तर गीतसंगीतमा संलग्न रहेको बताउँदै गाउँदै जाँदा एक हजारभन्दा बढी गीत श्रोतादर्शकमाझ ल्याएको बताउनुभयो । कार्यक्रममा आफ्ना भनाइ राख्नेक्रममा केही भावुक हुँदै उनले आफ्ना सयौं गीतलाई श्रोतारदर्शकले मन पराएको आफू भाग्यमानी रहेको बताइन् । उनले मिलापले आज आफ्ना कार्यलाई विस्तृत रूपमा प्रस्तुत गर्दै यो सम्मान अर्पण गरेकोमा कृतज्ञ रहेको बताइन् ।

‘गीतसंगीत मेरो जीवन हो’, उनले भनिन्, ‘श्रोता(दर्शकले माया गरेर आज यहाँसम्म आइपुगेकी हुँ । कार्यक्रममा उपस्थितहरूको आग्रहमा उनले चर्चित गीत ‘आँखैमा राख्छु मेरो देश’ प्रत्यक्ष गाएकी थिइन् । यस्तै कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले मिलापका सम्पादक कृष्ण भुसालको आग्रहमा ‘स्वरमाधुरी’ अञ्जना गुरुङ आवरण आलेख तयार बताउँदै उनलाई अब यो उपाधिबाट पनि पुकारिने भनाइ राखिन् । अञ्जनाका गीतहरूको चर्चा गर्दै उहाँमा गायनको विलक्षण प्रतिभा रहेको जिकिर गरे । आवरण लेख तयारपर्ने क्रममा अञ्जना गुरुङलाई आफूले अझ नजिक बाट चिन्ने अवसर पाएको उनको भनाइ थियो ।

अनेसासका पूर्वअध्यक्ष लेकालीले नेपाली गीतसंगीतको अन्तर्राष्ट्रिय महत्व बढ्दै गएको बताउँदै नेपालबाट बाहिर गएका नेपालीहरूले यसलाई संसारभर पु¥याएको धारण राखे ।

कार्यक्रमका प्रमुख अतिथि दाहालले मिलापका कार्यको चर्चा गर्दै यसको नयाँ अंकमा स्वरमाधुरी कभर हस्तान्तरण गर्न पाउँदा आफैंलाई गौरव महसुस भएको बताए । उनले गायिका अञ्जनामा वंशानुगत गायन क्षमता आएको बताउँदै अञ्जना जहाँ रहे पनि ‘स्वरमाधुरी’ जीवन्त रहने जिकिर गर्नुभयो । ‘जहाँ रहे पनि अञ्जनाको स्वरले नेपाली संगीतमा सदैव जीवन भर्नेछ’, उनले भने ।

निर्देशक माधव खरेलले सहजीकरण गरेको कार्यक्रममा गीतसंगीत तथा समाजका विशिष्ठ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । नेपाली गायन क्षेत्रमा आफ्नै पहिचान स्थापित गरेकी अञ्जनाले एक हजारको हाराहारीमा गीत गाएकी छन् ।

उनका सयौ गीत श्रोतारदर्शकमाझ प्रिय छन् । ‘आँखैमा राख्छु मेरो देश’, ‘म त काली सुन्दरी’, ‘बदनाम भए म तिम्रै कारणले’, ‘आँधी सारी तिम्रो माया’, ‘ठ्याक्कै भेटौंला’, ‘नजर नजरको’, ‘जसले मुटु चुडेर लग्यो’, ‘माईला रोधी घरमा (कौडा)’, ‘मान चाहे नमान तिमी मेरो हौ’ लगायत धेरै गीतहरू श्रोता(दर्शकबीच निकै मन पराइएका छन् ।

चितवनमा जन्मिएर नेपालगञ्जमा स्कुल लेभलको अध्ययन गर्नुभएकी उहाँ काठमाडौं हुँदै विगत केही वर्षदेखि अमेरिका बस्दै आएकी छन् । उनका श्रीमान् कन्हैया सिंह परियार जो आफैंमा वरिष्ठ गायक संगीतकार हुन् भने छोरी अपेक्षा सिंह परियार पनि कला क्षेत्रमा सक्रिय छिन । उनीहरूले हरेक पल्ट नेपाल आउँदा केही न केही सांगीतिक कोशेली नेपाली गीत संगीतको फाँटमा पस्किने गर्छन् ।

यसपालि पनि उनको दुई वर्षअघि लिजेन्ड्री संगीतकार रञ्जित गजमेरको संगीतमा तयार भएको गीतको भिडियो श्रोता दर्शकमाझ आउँदैछ भने कन्हैयाको ‘शरदको तिमी जुन हौ’ श्रोतारदर्शकमाझ आएको छ । अञ्जनाको एकल गायन पनि हुँदैछ यही कात्तिक २१ शुक्रबार हुँदैछ ।

नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय सांगीतिक जोडी कन्हैया सिंह परियार र अञ्जना गुरुङको नामबाट ‘कन्हैया(अञ्जना राष्ट्रिय संगीत पुरस्कार’ पनि स्थपना गरिएको छ । कन्हैया सिंह परियार नेपाली गीतसंगीतको क्षेत्रमा झण्डै तीन दशकदेखि क्रियाशील गायक एवं संगीतकारका रूपमा परिचित छन् भने अञ्जना गुरुङ नेपाली सुगम संगीत तथा चलचित्र क्षेत्रमा चर्चाको शिखरका रूपमा रहेकी गायीका हुन् ।

नेपाली सांगीतिक क्षेत्रमा आदर्श जोडीको छवि बनाएको यस जोडीले विगतका वर्षदेखि निरन्तररूपमा नेपाली गीतसंगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका एकजना संगीतकर्मीलाई नगद राशिसहित सम्मान गर्दै आएको छ । ‘कन्हैयाअञ्जना राष्ट्रिय संगीत पुरस्कार(२०८२’ यसवर्ष गायक कमल विक ‘निर्मोही’लाई प्रदान गरिने भएको छ ।

पुरस्कारको राशि ५१ हजार रुपैयाँ राशि छ । यसअघि पुरस्कारबाट गायिका चन्द्रकला शाह (२०७८), गीतकार विश्व बल्लभ (२०७९), वाद्यवादक कृष्ण गन्धर्व (२०८०) र लोकगायक रेशम थापा (२०८१) सम्मानित एवं पुरस्कृत भइसक्नुभएको छ । गायिका अञ्जना गुरुङले नेपाली गीत संगीतमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै मिलापको कात्तिक अंकमा उहाँलाई ‘स्वरमाधुरी’ कभरका रुपमा प्रस्तुत गरेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ९ : ३५ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी