राजस्व कार्यालय धरानका अधिकृतविरुद्ध मुद्दा दायर, १ करोड २३ लाख भ्रष्टाचार गरेको आरोप « Khabarhub

राजस्व कार्यालय धरानका अधिकृतविरुद्ध मुद्दा दायर, १ करोड २३ लाख भ्रष्टाचार गरेको आरोप


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आर्थिक अनियमितताको आरोपमा आन्तरिक राजस्व कार्यालय, धरानका कर अधिकृत तिलक आलेविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।

सुन्दरहरैँचा नगरपालिकाअन्तर्गत गछिया खोलाको बालुवा गिट्टी उत्खननमा सम्झौताअनुसार भ्याट तिर्नुपर्नेमा नतिरेको तर गलत सूचना गरी आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग आयोगले कर अधिकृत आलेसहित नदीजन्य पदार्थ उत्खनन कार्यका लागि सम्झौता गर्ने स्वामीनारायण निर्माण सेवा प्रालि धरानका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतविरुद्ध बिहीबार विशेष अदालतमा बिगो दाबीसहित मुद्दा दायर गरिएको हो।

कर अधिकृत आले र बस्नेतको मिलेमतोमा एक करोड २३ लाख ३९ हजार छ सय रुपैयाँ हिनामिना गरेको आरोप लगाइएको छ । नगरपालिका र बालुवा, गिट्टी उत्खननकर्ता स्वामीनारायण निर्माण सेवा कम्पनीबीच ९ करोड ५१ लाख ५१ हजार एक सय रुपैयाँ भ्याटबाहेकको सम्झौता भएको थियो।

तर, कर अधिकृत र सम्बन्धित ठेकेदार मिलेर मूल्य अभिवृद्धि कर (भ्याट) बापत १ करोड २३ लाख ३९ हजार छ सय रुपैयाँ मात्र बुझाएको अख्तियार अनुसन्धान आयोगको आरोप छ।

गैरकानुनी लाभका लागि भ्याट दाखिला गरेको भनी बदनियतपूर्वक आन्तरिक राजस्व कार्यालय, धरान, सुनसरीको पत्रबाट स्वामीनारायण निर्माण सेवा प्रालिले आव २०७६/७७ मा सुन्दरहरैँचा नगरपालिकाको खोलाजन्य पदार्थको बिक्री गरेको तर बुझाउनुपर्ने कर बुझाइसकेको भनी नगरपालिकालाई पत्राचार गरी झुटा लिखत बनाई राजस्व चुहावट/छली गर्ने गलत मनसाय राखी प्रतिवादीहरूको मिलेमतोमा भ्रष्टाचार गरेको आयोगले जनाएको छ।

यस मुद्दामा आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को भ्रष्टाचारजन्य कार्य गरेको हुँदा उक्त कार्यमा संलग्न कर अधिकृत र निर्माण कम्पनीलाई ठगी बरारबको बिगो र सोहीबराबरको जरिवानासमेत गराउन अदालतसँग माग गरेको छ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ९ : ५७ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा