हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु « Khabarhub

हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशको राजधानी रहेको हेटौँडाको मुख्य सडक विस्तारका लागि आज बिहानदेखि सडक सीमाभित्रका भौतिक संरचनाहरू भत्काउन सुरु गरिएको छ । 

सडक डिभिजन कार्यालय हेटौँडाले आज बिहानैदेखि जेसिबी प्रयोग गरेर हेटौँडाको मुख्य बजार क्षेत्रको २५-२५ गज विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु गरेको हो । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्ती रोडमा जेसिबी प्रयोग गरी भौतिक संरचनाहरू हटाउन सुरु गरिएको सडक डिभिजन कार्यालय हेटौँडाका गुरूप्रसाद अधिकारीले जानकारी दिए । 

पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडाको रातमाटेदेखि बुद्धचौक हुँदै राप्ती खोला पुलसम्म तथा त्रिभुवन राजपथअन्तर्गत बुद्धचौकदेखि सामरी पुलसम्मको सडकखण्डमा सडकको मध्य भागबाट दायाँबायाँ २५-२५ गजभित्र निर्माण भएका स्थायी र अस्थायी घर टहरा तथा अन्य संरचनाहरू १५ दिनभित्र हटाउन सडक डिभिजन कार्यालय हेटौँडाले गत मङ्सिर ५ गते सार्वजनिक सूचना जारी गरेको थियो । 

तोकिएको समय सीमाभित्र धनीले त्यस्तो भौतिक संरचना नहटाएकाले कार्यालयले डोजर प्रयोग गरेर संरचनाहरू हटाउन थालिएको प्रमुख अधिकारीले बताए। सडक खाली गराउने क्रममा स्थानीयबाट अवरोध हुन सक्ने सम्भावना रहेकाले सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति छ ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  १० : ४८ बजे

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना