विराटनगरलाई सुदूरपश्चिमले दियो १४८ रनको लक्ष्य « Khabarhub

विराटनगरलाई सुदूरपश्चिमले दियो १४८ रनको लक्ष्य


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको पहिलो खेलमा विराटनगर किङ्ग्सलाई सुदूरपश्चिम रोयल्सले १४८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनायो ।

सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक नटआउट ४५ रन बनाए । बलको सामना गरेका उनले एक चौका र तीन छक्का प्रहार गरे । त्यसैगरी, ईशान पाण्डेले ३५ बलमा ३८ रन बनाए भने जोश ब्राउनले २५ बलमा २४ रन जोडे ।

बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २० रन खर्चिए । त्यस्तै, प्रतिश जीसीले दुई र बसिर अहमदले एक विकेट लिए ।

एनपीएलमा दुबै टिम प्लेअफमा पुगिसकेका छन् । सुदूरपश्चिम अहिले एनपीएलको अङ्क तालिकामा शीर्ष स्थानमा छ । हालसम्म ६ खेल खेलेको सुदूरपश्चिमले शत प्रतिशत नतिजा निकाल्दै १२ अङ्क जोडेको छ ।

त्यसैगरी, विराटनगर भने छ खेलबाट चारमा जित र दुईमा हार व्यहोर्दै ८ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  १२ : ४८ बजे

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास