कुलमान घिसिङको उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य श्रेष्ठले दिइन् राजीनामा « Khabarhub

कुलमान घिसिङको उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य श्रेष्ठले दिइन् राजीनामा


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जामन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिने घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आजदेखि पार्टीको केन्द्रीय सदस्य पद त्यागेको स्पष्ट पारेकी हुन्।

श्रेष्ठले लेखेकी छन्, म आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु । अरु अभियन्ता साथीहरू के गर्नुहुन्छ ? मेरो नैतिकताले दिएन ।’

हेटौँडा उपमहानगरपालिका क्षेत्रमा भएका घटनाले आफूलाई गम्भीर रूपमा स्पर्श गरेको र पीडितको पक्षमा उभिनुलाई आफूले नैतिक कर्तव्य ठानेकाले राजीनामा दिने निर्णय गरेको उनको उनको भनाइ छ ।

हेटौँडाको मुख्य सडक विस्तारका लागि आज बिहानदेखि सडक सीमाभित्रका भौतिक संरचनाहरू भत्काउन सुरु गरिएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले आज बिहानैदेखि जेसीबी प्रयोग गरेर हेटौँडाको मुख्य बजार क्षेत्रको २५/२५ गज विस्तारका लागि भौतिक संरचना भत्काइएको हो ।

उनले अन्य अभियन्ता तथा सहकर्मीहरूलाई समेत वर्तमान परिस्थितिमा के गर्ने भन्नेबारे गम्भीर भएर सोच्न आग्रह गरेकी छन् ।

 उनले थपेकी छन, ‘नैतिकता छ म मा त्यसैले राजीनामा । बुझ्न अनुरोध गरे । मरेका मान्छे बोल्दैनन् म जिउँदै छु ।’

श्रेष्ठको यो कदमसँगै पार्टीभित्र यसले के प्रभाव पार्ला भन्नेबारे टिप्पणीहरू सुरु भएका छन्। श्रेष्ठको राजीनामा उज्यालो नेपाल पार्टीका लागि चुनौतीका रूपमा पनि हेरिएको छ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  १ : ११ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको