काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको पहिलो खेलमा अहिले विराटनरग किङ्ग्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा अहिले सुदूरपश्चिमले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याउँदै विराटनगर किङ्ग्सले जवाफी ब्याटिङ गरिरहेको छ । अहिले विराटनगरको लय विस्फोटक देखिएको छ । विराटनगरका दुबै ओपनर अर्धशतक प्रहार गरी आउट भएका छन् ।
फाफ डु प्लेसीले अर्धशतक प्रहार गरेलगत्तै आउट भएका छन् । अभिनाश बोहराले ७ ओभर १ बलमा बोल्ड गर्नुअघि फाफले २० बलमा अर्धशतक पूरा गरे । यस क्रममा उनले ५ चौका र ४ छक्का प्रहार गरे ।
फाफ आउट भएपछि उनको स्थानमा मार्टिन गप्टिल क्रिजमा आएका छन् ।
त्यसैगरी, विराटनगरका अर्का ओपनर साम हेज्लेटले पनि अर्धशतक पूरा गरी आउट भए । ८ ओभर २ बलमा हरमित सिंहको बलमा उनी ‘कट बिहाइन्ड’ भए । आउट हुनुअघि उनले २७ बलमा ५१ रन बनाए ।
यस क्रममा उनले तीन चौका र चार छक्का प्रहार गरे । हेज्लेटको स्थानमा बसिर अहमद क्रिजमा आएका छन् ।













प्रतिक्रिया