सुदूरपश्चिमको विजयी यात्रा रोकियो, ओपनरद्वयले अर्धशतक हानेपछि विराटनगरको शानदार जित « Khabarhub

सुदूरपश्चिमको विजयी यात्रा रोकियो, ओपनरद्वयले अर्धशतक हानेपछि विराटनगरको शानदार जित


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनमा सुदूरपश्चिम रोयल्सको विजयी यात्रामा विराम लागेको छ । शनिबारको पहिलो खेलमा विराटनगर किङ्ग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १ सय ४८ रनको लक्ष्य विराटनगरले केबल ११ ओभर ६ बलमा पूरा ग¥यो । खेलमा सुदूरपश्चिमका ओपनरद्वय फाफ डु प्लेसी र साम हेज्लेटले अर्धशतक बनाए । हेज्लेटले २७ बलमा ५१ रन बनाए । यस क्रममा उनले तीन चौका र चार छक्का प्रहार गरे ।

त्यसैगरी, फाफले २० बलमा ५ चौका र ४ छक्काको मद्दतले ५० रन बनाए । विराटनगरका मार्टिन गप्टिलले ९ बलमा २२ रन बनाए । सुदूरपश्चिमका अभिनाश बोहराले २ र हरमित सिंहले एक विकेट लिए ।

एनपीएलमा दुबै टोली यसअघि नै प्लेअफमा छनौट भइसकेका छन् । यसअघि खेलेका सबै ६ खेल जितेको सुदूरपश्चिमको विजयी यात्रामा विराटनगरले विराम लगाएको हो ।

७ मध्ये ६ खेल जित्दै सुदूरपश्चिमले १२ अङ्कका साथ लिग चरण पूरा गरेको छ । विराटनगरले भने ७ मध्ये ५ खेलमा जित हासिल गरेको छ ।

आजको जितले विराटनगरले पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँगको भेट पक्का गरेको छ । सुदूरपश्चिम यसअघि नै क्वालिफायर पुगिसकेको थियो । इलिमिलेटरमा काठमाडौं र लुम्बिनी खेल्नेछन् ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  २ : ०६ बजे

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास