अबको निर्वाचनमा एमाले बहुमतका साथ फर्किने छ : ओली « Khabarhub

अबको निर्वाचनमा एमाले बहुमतका साथ फर्किने छ : ओली


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको पर्खाइमा एमाले रहेको बताएका छन् ।

शनिबार एमाले मुख्यालय च्यासलमा एमालेको नवयुग ई–बुलेटिन शुभारम्भ कार्यक्रममा ओलीले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने अवस्था नरहेपनि अब कुनै दिन हुने शान्तिपूर्ण निष्पक्ष निर्वाचनको पर्खाइमा एमाले रहेको बताएका हुन् ।

अब हुने निर्वाचनमा एमाले बहुमतका साथ फर्किने उनले बताए । ओलीले अब पुराना पार्टी सकिए भन्न नसोच्न सुझाव दिँदै निर्वाचनपछि पनि पुराना पार्टीकै नेतृत्वमा सरकार बन्ने तर्क गरे । ओलीले यसबीचमा एमाले समीकरण बदल्ने वा सरकार ढाल्ने खेलमा नरहेको स्पष्ट पारे । उनले एमालेबिरुद्ध जस्तोसुकै हमला भएपनि त्यस्ता शक्तिलाई एमाले एक्लैले परास्त गर्ने जिकिर गरे ।

अध्यक्ष ओलीले भदौ २३ – २४ को घटना पछि देश प्रतिगमत तर्फ अघि बढेको भन्दै प्रतिगमन हटाएर देश र संविधानलाई मूल बाटोमा ल्याउनु आजको आवश्यकता रहेको बताए । अहिले विधि प्रक्रिया बिना नै कुर्सीमा बसेर आफूलाई सरकार घोषणा गरिएको ओलीले बताए ।

उनले असंवैधानिक सरकारले असंवैधानिक तरिकाले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापित गर्नुपर्ने दोहोर्‍याए । उनले सरकारले छानबिन गर्न भनी बनाएको आयोग अराएको काम गर्न बताएको तयारी संयन्त्र भएको बताए । प्रधानमन्त्री ध्यान आफूलाई पक्राउ गर्नेमा केन्द्रीत भएको उल्लेख गर्दै ओलीले आफ्ना विरुद्ध प्रमाण तयार गर्न चुनौती दिए ।

नेकपा एमाले देश, जनता, लोकतन्त्र, सुशासन, विकास, संविधानको पक्षमा लगातार गतिशील पार्टी भएको उनले दाबी गरे ।

उनले देश अहिले विभाजित अवस्थामा रहेको बताउँदै यतिबेला अत्यन्त सघन ढङ्गले एमालेका क्रियाकलाप सम्प्रेषित गर्नुपर्ने धारणा राखे । उनले विश्व मञ्चमा नेपालको भूमिकालाई देखिने गरी स्थापित गर्ने काम एमालेबाट भएको समेत बताए ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ४ : ४१ बजे

प्रधानमन्त्री सदनमा नआउने, सबै मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा आज उपस्थित नहुने

निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे

चितवन– सरकारले सातामा दुईदिन बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज

मौसमजन्य सङ्क्रामक रोगका बिरामी बढ्दै, एक सातामा १८ सय बढि सङ्क्रमित 

काठमाडौं – वर्षायाम सुरु भएसँगै देशभर मौसमजन्य सङ्क्रामक रोगका बिरामीहरू पनि बढ्दै

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने रूपन्देही जिल्ला अदालतको

पाकिस्तानको जेलबाट रिहा भएका अफगान कैदीहरू स्वदेश फिर्ता

एजेन्सी– पाकिस्तानमा कैद जीवन बिताइरहेका ४८५ जना अफगान नागरिकहरू रिहा